२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

राहत सहित डोटी पुग्यो थ्रिडिभिएल, १० विपन्न परिवारलाई खाद्यान्न वितरण

डोटी- कैलालीमा विभिन्न सामाजिक कार्य गर्दै आएको थ्रिडिभिएल क्रियशनको टिम राहत सामग्री सहित डोटी पुगेको छ । संस्थाले कोरोना महामारी र लकडाउनका कारण खाद्यान्न अभाव भएका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिने जनाएको छ ।

मंगलबार आदर्श गाउँपालिका–२ बाबनकाँडाबाट अभियानको सुरुवात गरिएको छ । सो वडाका आर्थिक अवस्था कमजोर भएका, खाद्यान्न अभाव भएका १० परिवारलाई चामल वितरण गरिएको राहत कार्यक्रमका संयोजक खेमराज ओझाले बताए । अभियानका क्रममा प्रति परिवार १/१ कट्टा चामल वितरण गरिएको हो । आदर्श गाउँपालिकाका ७ वटै वडामा सो कार्यक्रम सञ्चालन गरिने छ ।

महामारीको समयमा सामाजिक संजालबाट सुरु गरेको अभियानमा विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । यसै क्रममा डोटी जेसिजका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता विजय ओझाले अभियान सञ्चालनका लागि पाँच हजार सहयोग गरेका छन् । नगद हस्तान्तरण गर्दै ओझाले युवाहरुले गर्ने यस्ता रचनात्मक, सहयोगी अभियानलाई सधै साथ दिने बताए ।

अभियानलाई जयराज ओझा, पुस्पराज ओझा, बिष्णु राज जोशी, डिआर ओझा लगायतले सहयोग गरेको संस्थाले जनाएको छ । कैलालीको अत्तरियामा केन्द्रीय कार्यालय रहेको थ्रिडिभिएल क्रियशनले पछिल्लो समय कैलाली बाहिर पनि आफ्ना कार्यक्रम संचालनमा ल्याएको छ ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७८ जेष्ठ ११

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP