२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

कोरोना संक्रमण पुष्टि भएको थाह पाएपछि कोभिड अस्पतालबाट संक्रमित फरार

बडीकेदार– उपचारका लागि अस्पताल भर्ना भएका कोरोना संक्रमित पुरुष कोरोना संक्रमण पुष्टि भएको जानकारी पाएपछि भागेका छन् । बडीकेदार गाउँपालिकाको अस्थायी कोभिड अस्पतालमा आइतबार भर्ना भएका ४५ वर्षीय पुरुष मंगलबार दिउसो फरार भएका हुन् ।

बडीकेदार गाउँपालिका वडा नं. ५ लाना घर भएका उनमा अत्याधिक ज्वरो आउने जस्ता लक्षण देखिएपछि आइतबार अस्पताल भर्ना गरिएको थियो । सोमबार गरिएको एन्टिजेन परक्षणमा उनमा संक्रमण देखिए पनि मंगलबार मात्रै उनले आफुलाई संक्रमण भएको जानकारी पाएका थिए ।

मंगलबार संक्रमण भएको थाह पाएपछि कुरुवालाई खाना ल्याउन पठाएर संक्रमित दिउँसो १ बजेको समयमा भागेको अस्पतालका डाक्टर सुरज श्रेष्ठले जानकारी दिए । संक्रमित भागेपछि आफन्त तथा प्रहरीले खोजि गरिरहेको छ । संक्रमित भागेपछि आफुहरुले टोली नै खटाएर खोजिकार्य अगाडी बढाएको खडेउली प्रहरी चौकीका इन्चार्ज असइ जगत बोहराले बताए ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७८ जेष्ठ ११

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP