२०८० चैत्र ६, मंगलवार
March 19, 2024, Tuesday

केआइसिंहमा शुभकामना आदान प्रदान

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा नं. २ इकाइ समितिको आयोजनामा शुभकामना आदान प्रदान गरिएको हो ।

वडा इकाइ सभापनि मनिराम भट्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही प्रमुख अतिथि रहेका थिए । सयौं नेता कार्यकर्ताको सहभागिता रहेको उक्त कार्यक्रममा वडा अध्यक्ष नेत्र रावल विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले सहभागि सबैलाई स्थानीय सरकारका तर्फबाट शुभकामना ब्यक्त गरेका थिए । मुलुकलाई अहिलेको वर्तमान परिस्थितिबाट जोगाउँन ठुलो जिम्मेबारी आएको बताउँदै उनले सबै नेता कार्यकर्ता संयमित भएर लाग्नु पर्नेमा जोड दिए । विगत र अबका दिनमा कम्युनिष्टले मोहनी लगाउने जादु प्रयोग गर्ने भएकाले जनता सचेत रहनु पर्ने शाहीको भनाइछ । उनले झुटा कुरा, बेमानि, पैंसा, आश्वासन र पावर कम्युनिष्टहरुको जादु भएकाले यसबाट सचेत रहन र सचेत गारउन आग्रह गरे ।

वडा अध्यक्ष रावलले सहभागि सबैलाई शुभकामना दिदै स्थानीय सरकार जनताको हर सुख दुःखमा सथमा रहेको बताए । उनले जनताको पर्व, जनताको खुसी नै आफ्नो परम खुसी र पर्व भएकाले खुसीका साथ, हर्शउल्लासका साथ शान्तीपूर्ण रुपमा बिसौं पर्व मनाउन आग्रह गर ।

कार्यक्रममा रोहित बिक लगायतका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको इकाइ समितिले जानकारी दिएको छ ।

Related News

१० हजारको बिमाबाट प्राप्त भयो ५ लाख
१० हजारको बिमाबाट प्राप्त भयो ५ लाख
  • २०७७ चैत्र ३०

दिपायल – शिखर नगरपालिका- ६ कोटकी चन्नरी देवी लुहारले २०८०...

TOP