२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

भोलिदेखि मुलुक ‘लकडाउन’मा : बाहिर निस्कन प्रतिबन्ध, सवारी साधन रहवाई उडान बन्द

काठमाडौँ- सरकारले मंगलबारदेखि लागू हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन बन्द गर्ने निर्णय पनि गरेको छ। योसँगै नेपालका ७७ वटै जिल्लामा मंगलबारदेखि एक साताका लागि पूर्णतया: लकडाउन हुने भएको छ। सरकारले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लागि यो व्यवस्था गरेको हो।

केहीबेर अघि सकिएको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर ननिस्कन नदिने निर्णय गरेको हो।

औषधिउपचार, खानेपानीजस्ता अत्यावश्यकबाहेक सबै कार्यालयका कर्मचारीहरुलाई सोमबारदेखि कार्यालय नआउन पनि सरकारले निर्देशन दिएको छ।

आन्तरिक हवाई उडान पनि सरकारले चैत १८ गतेसम्म बन्द गरेको छ।

संक्रामक रोग ऐन २०२० अनुसार सरकारको उच्चस्तरीय समितिले निर्देशन दिएअनुसार आदेशको पालना गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले सोमबार साँझ जानकारी दिएका छन्। काठमाडौँमा कोरोना संक्रमणको बिरामी भेटिएपछि सरकारले मानिसहरुको आवत जावतमै प्रतिबन्ध लगाउने निर्णय गरेको हो। निर्णयको पालना भए नभएको अनुगमन गर्न समितिले सिडिओलाई निर्देशन दिएको छ।

त्यस्तै समितिले सवारी साधन चलाउन पनि पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको उपप्रधानमन्त्री एवं समितिका संयोजक पोखरेलले जानकारी दिए। अत्याआवश्यक सवारी साधान भने चल्न पाउनेछन्। एम्बुलेन्स, पानी, दूध औषधिका सवारी साधनलाई भने रोकिने छैन।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७६ चैत्र १०

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP