२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

केदारेस्वर माविको विव्यस गठन : अध्यक्षमा पुनः जोशी

बडीकेदार- केदारेस्वर माविको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । डोटीको बडीकेदार गाउँपालिका–५ मा रहेको उक्त विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा गणेश राज जोशी सर्वसहमत चयन भएका छन् । यो उनको दोस्रो कार्यकाल हो ।

सोमबार आयोजना गरिएको अभिभावक भेलाले जोशीको नेतृतवमा समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा टेक बहादुर मल्ल, इन्द्रा देवी चन्द, डोइली देवी गिरि, झकेन्द्र मल्ल, देबा देवी मल्ल चयन भएका छन् । पदेन सदस्यमा टोप बहादुर चन्द शिक्षक प्रतिनिधिबाट चक्र बहादुर चन्द र सदस्य सचिवमा डम्बर बहादुर मल्ल चयन भएका हुन् ।

अध्यक्षमा सर्बसमत चैन भए पछि आफुले अगाडीको कार्यकालमा पनि विधालयमा भौतिक संरचना लगायत शैक्षिक गुणस्तर पनि उकास्ने काम गरेको र यस कार्यकालमा पनि कृषि क्याम्पस खोल्ने तयारी गरिरहेको जोीले बताए । कृषि क्याम्पसको सबै प्रक्रिया अगाडि बढाइ सकेको समेत उनले बताए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ पुष १३

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP