२०८३ श्रावण १२, मंगलवार
July 28, 2026, Tuesday

नेपाली सेनाको परीक्षामा २ जना नक्कली परीक्षार्थी पक्राउ

कञ्चनपुर- नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कैका नाममा परीक्षा दिन लगाउने र दिने दुवै व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको आरोपमा डोटी सायल गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय सुमन खड्का र परीक्षा दिन लगाउने बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २२ वर्षीय मुकेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। 

लोक सेवा आयोगले शनिबार कञ्चनपुरको भीमदत्त नगरपालिका–४  कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा लिएकाे थियो। परीक्षामा सहभागीकाे प्रवेशपत्र जाँच गर्ने क्रममा फोटो नमिलेपछि अर्कोको नाममा परीक्षा दिँदै गरेको खुलासा भएको प्रहरीले जनाएको छ। 

दुवै जनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको छ ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७७ मंसिर १५

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP