२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

अनेरास्ववियु बाजुरा जिल्ला कमिटी सदस्य धामी र एक नाबालक ब्राउन सुगर सहित पक्राउ

बाजुरा : बाजुराकी एक युवतीलाई प्रहरीले ब्राउन सुगर सहित पक्राउ गरेको छ । गौमुल गाउँपालिकाकी विनिस्ता धामी र एक नाबालकलाई लागु औषध ओसार पसार गरिरहेको अवस्थामा काठमाण्डौ प्रहरीले पक्राउ गरेको हो ।

धामीसंग एक सय दशमलव १ ग्राम हिरोइन सहित रंगेहात पक्राउ गरेको काठमाण्डौं प्रहरीले जनाएको छ । उनलाई लागु औषध ओसार पसारको ऐन अनुसार जरिवाना र कैद गरिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको मुद्धा भक्तपुर अदालत सम्म पुगीसकेको छ ।

बाजुराबाट अध्ययनका लागि काठमाण्डौ गएकी धामीलाई सोमबार प्रहरीले अवैध लागु औषध ओसार पसार गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेकी धामी नेकपाको भातृ संगठन अनेरास्ववियु बाजुरा जिल्ला कमिटी सदस्य रहेको बताइएको छ ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७७ मंसिर १५

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP