२०८३ जेष्ठ २०, बुधबार
June 3, 2026, Wednesday

बैतडीका दुई स्थानीय तहले असोजदेखि विद्यालय सञ्चालन गर्ने

बैतडी- बैतडीका दुई स्थानीय तहले असोजदेखि विद्यालय खोल्ने तयारी गरेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाले विद्यालय संचालनमा ल्याउने तयारी थालेका हुन् ।

जिल्लामा कोरोना भाइरसको संक्रमण कम हुँदै गएको र लामो समयदेखि विद्यालय बन्द रहेकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारी भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

शिक्षण सिकाईलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय भएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।
गाउँपालिकाले एक सूचना जारी गर्दै असोज ४ गतेदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७७ भाद्र ३१

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP