२०८३ श्रावण १०, आईतवार
July 26, 2026, Sunday

सञ्चारकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न मेयर वडको माग

धनगढी: धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले शुक्रबार धनगढीको दिनेश सञ्चार गृहको कार्यालयमै प्रवेश गरेर पत्रकारहरुमाथि गरिएको आक्रमणको घटना दुःखद भएको बताएका छन्।

आइतबार सञ्चार गृहमै पुगेर नगरप्रमुख वडले घटनाको निन्दा तथा भत्र्सना गरेका हुन।  ‘समाचारमा चित्त नबुझेमा कानुनी उपचार खोज्ने थुप्रै बाटो हुँदाहुँदै पनि मिडिया हाउसमै पुगेर घटना घटाइनु कदापी राम्रो होइन’ नगरप्रमुख वडले भने, ‘दोषी उम्कीनु हुदैन।’ 

उनले दिनेश खवरका प्रवन्धक अमिता कुँवरलाई भेटेर दोषीलाई कानुनी दायरामा ल्याउन आफुले स्थानीय प्रशासनलाई आफुले दवाव दिदै आएको बताए। साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आफु सधै रहने मेयर वडले बताए।   

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७७ भाद्र २८

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP