२०८३ श्रावण १२, मंगलवार
July 28, 2026, Tuesday

दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण : समाचार कक्षमै कुटिए पत्रकार

काठमाडौँ – धनगढीको दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण भएको छ।

प्रहरीको थुनवा कक्षभीत्रै युवकद्वारा आत्महत्या सम्बन्धी समाचारलाई लिएर १५/२० जना युवाहरुको समूहले समाचारकक्षमै गएर सहसम्पादक जनकसिंह विष्ट लगायतका पत्रकारहरुमाथि आक्रमण गरेका हुन्।

दिनेश खबरले समाचारकक्षमै पत्रकारहरु कुटिएको भिडियो सार्वजनिक गरेको छ। ‘थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ भन्ने समाचार झुटो भएको भन्दै आक्रमण भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले दिएको विवरणका आधारमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले आत्महत्या गरको सम्बन्धी समाचार दिनेश खबरमा प्रकाशन भएको सम्पादक नवराज पनेरुले बताए।

समाचारमा धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्दामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेको उल्लेख थियो ।

तर युवकले आत्महत्या गरेको समाचार गलत भएको भन्दै मृतकका आफन्तले समाचार कक्षमै गएर पत्रकारहरुमाथि आक्रमण गरेका हुन्।

घटनाको नेपाल पत्रकार महासंघ कैलाली शाखाले निन्दा गरेको छ । महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले घटनामा संलग्नहरुको पहिचान गरी पक्राउ गरेर कानुनी कारबाहीको माग गरे।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७७ भाद्र २६

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP