२०८३ असार २७, शनिबार
July 11, 2026, Saturday

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको दैजीमा सु.प. ०२–००३ प ३४८५ नम्वरको मोटरसाइकलले ठक्कर दिदा साईकल यात्री बेदकोट नगरपालिका वडा नम्वर १० का ३७ बर्षीय धने पार्कीको मृत्यु भएको हो।

मोटरसाइकल चालक लालझाँडी गाउँपालिका वडा नम्वर ४ का ३० बार्षीय दिलेन्द्र पन्त पनि घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले घाइते पन्तको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको जानकारी दिए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन्। 

Related News

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
  • २०७७ भाद्र १६

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको...

TOP