२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

बझाङ पहिरो : ६ जनाको मृत्यु

बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसिमा शुक्रबार राति गएको पहिरोमा पुरिएका सातमध्ये ६ जनाको शव भेटिएको छ। एक जना भने अझै बेपत्ता छन्।

वडाध्यक्ष गणेशबहादुर बोहोराका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय प्रयाग जेठारा र सात वर्षीया अष्मिता जेठाराको शव भेटिएको छ।

यस्तै १५ वर्षीया सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको बोहोराले जानकारी दिए। २० वर्षीय गिरी जेठारा भने अझै बेपत्ता छन्।

वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले मल्लेसीका २० घर बगाएको बोरोहाले जानकारी दिए। राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अरुले भागेर ज्यान जोगाए पनि सात जना पुरिएका थिए।

पहिरोमा स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाईगोरु पनि पुरिएका छन्। ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा रहेको बोहोराले बताए।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७७ असार २०

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP