
बडीकेदार– डोटीका पहाडी भेगमा सहजै पाइने अल्लो वर्षेनी खेर गैरहेको छ । जिल्लामा अल्लो प्रशोधन केन्द्र र घरेलु उद्योगहरु नहुँदा यहाँका जङ्गलमा सहजै पाइने अल्लो खेर गैरहेको हो ।
अल्लोको धागोबाट विभिन्न प्रकारका लुगा, कपडा, झोला, रसी जस्ता सामग्रीहरु बन्ने भए पनि त्यसको उपयोगिता र महत्वका बारेमा स्थानीय सरकारनी चासो देखाएको छैन । स्थानीय कच्चापदार्थहरुको प्रयोगबाट जनतालाई उद्योगी बनाउने स्थानीय सरकारहरुको घोषणामा भएपनि व्यवहारमा नउतार्दा स्थानीय स्थरमा पाईने बस्तुहरु खेर जाने गरेका छन् ।
स्थनीयहरुले अल्लो प्रसोधन र यस्को उपयोगिताका लागि तालिम तथा मसिनको व्यवस्था गर्नु पर्ने माग राख्दै आएका छन् । अहिले केही स्थानीयहरुले अल्लो संसोधन गरेर जिल्ला बाहिरका व्यपारीहरुलाई सस्तोमा बेच्ने गरेका छन् । स्थानीय स्थरमा अल्लोबाट कपडा धागो उत्पादन गर्न सके जनताको जीवन स्थर माथि उठ्ने स्थानीय व्यपारीहर बताउँछन् ।
बडीकेदार गाउँपालिका–५ का स्थानीयहरुले जिल्ला बाहिरका व्यपारीहरुलाई अल्लो संकलन गरि बिक्रि गर्ने गरेको स्थानीय गौरी देवी घर्तीमगरले बताईन् । जङ्गलबाट संकलन गरि ल्याएको अल्लो सस्तोमा तराइका जिल्लामा पठाउने गरेका छौं,‘गौरीले भनिन्,‘व्यापारीले किलोको जम्मा ८० रुपैंया सम्म दिने गरेका छन्, त्यही भए पनि तेल साबुन किन्न पुगेको छ ।’
यस अघि केही गैर सरकारी संस्थाले जिल्लामा अल्लो प्रशोधन केन्द्र स्थापना गरेक थिए । गैर सरकारी संस्थाको कार्यक्रम अबधि सकिएसँगै प्रशोधन केन्द्रहरु हराएका हुन् । स्थानीय सरकारले पनि त्यसमा चासो नदेखाएको बोगटान फुड्सिल गाउँपालिका रमेश बमले बताए ।
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...