२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

सन्तानलाई के बनाउने ?

सन्तान सबैका प्यारा आँखाका नानी हुन् ।
सबैका दिलमा बास अत्यन्त प्रिय छन् ।।
पशुपन्छी मानव सबलाई सन्तान कति प्यारा ।
अरुका सन्तानभन्दा आफ्ना सन्तान न्यारा ।।
बच्चा जन्मे खुसियाली परिवार खुसी ।
बच्चासँग हास ख्याल रहन्नन् दुःखी ।।
सबैको चाहना हुन्छ सन्तान सुखी बनोस् ।
आपूmले भनेका कुरा राम्रो संग सुनोस् ।।
सन्तान सम्पन्न बनी सधैं स्वस्थ रहुन् ।
देशको चर्चित व्यक्ति कति असल होउन् ।।
चाहना सवैले राख्छन् मेरा बच्चा पढून् ।
सामर्थ भई प्रगतिको पथमा अघि वढून् ।।
माता पिता जिम्मेवार कस्ता सन्तान बने ।
बच्चाले वचपनकालमा कस्ता कुरा सुने ।।
बच्चामा नक्कल गर्ने ठूलो गुण हुन्छ ।
जस्तो गर्छन् अभिभावक बच्चा त्यस्तै बन्छ ।।
कसैका खेलौना गाडी कसैका भैसी छन् ।
उस्तै नक्कल बच्चा गर्छन् जुन ठाउँका हुन् ।।
बालबच्चा कच्चा माटो कस्तो साँचो ढाल्ने ।
वालजीवन उर्वर दिमाग कस्तो विचार हाल्ने ।।
बच्चामा सिकेको बानी राम्रा संस्कार ।
समाज सम्मान गर्छ हुन्न तिरस्कार ।।
बच्चादेखि ज्ञान दिन्छन् के के गर्नु भन्छन् ।
राम्रा राम्रा उपदेशले बच्चा त्यस्तै बन्छन् ।।
मानवको भलाई गर्नु सेवा भाव राख्नु ।
मातृ सेवा पितृ सेवा सेवाकाममा लाग्नु ।।
छिटो सुत्नु छिटो उठनु सुर्य आउनु अघि ।
अल्छी हुन्न सक्रिय भई बालकाल देखि ।।
डराउनु हुँदैन बच्चा माया गरि राख्नु ।
बोल्नु चाल्नु बच्चा सँग उसको राय माग्नु ।।
बच्चा सँग बोले चाले घुलमिल हुन्छ ।
एकलकाटे नभएर मिलनसार बन्छ ।।
बच्चाको भावना जगाई कुराकानी गरे ।
बच्चाले जवाफ दिन्छ कुरा विश्वास परे ।।
दिमागको विकास हुन्छ नयाँ शव्द सिक्छ ।
समस्याको समाधानको नविन यूक्ति झिक्छ ।।
क्षमता बच्चामा केही जन्मजात आउँछन् ।
केही ज्ञान वातावरण अरुवाट पाउँछन् ।।
गाईको पूजा गर्ने घरमा  गाईको पूजा गर्छन् ।
खाँदैन गाईको मासु पाप देखि डर्छन् ।।
गौमासु खानेका सन्तान खोजी खोजी खान्छन् ।
गौको मासु ल्याउनलाई बधशाला जान्छन् ।।
बच्चामा पाएको ज्ञान संस्कार बानी ।
त्यसैको  पछाडी लाग्छ परमधर्म ठानी ।।
त्यसैले बच्चामा राम्रो शिक्षा ज्ञान दिनु ।
कसरी हुर्काउने बच्चा पुरा होस लिनु ।।
माता पिता दुवै जनको बच्चामा रगत ।
केही गुण वंशानुगत जन्मेको वखत ।।
परिवार पहिलो स्कूल बच्चा सिक्न पाउने ।
समस्या समाधान सिक्छ जीवनमा आउने ।।
आफ्नो रगत आफ्नो सन्तान कस्तो बनाउनु हो ।
सत्मार्ग सुकार्य सिकाई विश्व चिनाउनु हो ।।
सन्तान बिग्रिए पछि चिन्ता सोच गर्ने ।
कस्तो सन्तान बनाउने हो ऐलेई सोच्नु पर्ने ।।
कुनै त बच्चालाई चुरोट रक्सी किन्न लाउँछन ।
चुरोट सल्काई धुँवा फ्याक्दै बच्चा सामु आउँछन ।।
बच्चाको मनका पर्छ चुरोट रक्सी राम्रो ।
काखमा बच्चा मुखमा चुरोट कस्तो बानी हाम्रो ।।
बच्चाको फोक्सोमा धुँवा दिमागमा बानी ।
चुरोट तान्छन् ठुटो पाए राम्रो कुरा ठानी ।।
बच्चामा सिकेको बानी देखेको घटना ।
ठूलो भई आपूm पछि त्यहि गर्ने रटना ।।
बच्चाको मनमा डर कैले पर्नुृ हुन्न ।
डरले डरपोक बन्छ डर्छ केही भन्न ।।
नडराउनु बच्चालाई हाउ वाघ भनी ।
बच्चै देखि डर पस्छ त्यस्ता कुरा सुनी ।।
बच्चालाई हौसला दिनु गल्ती सुधार गर्नु ।
गल्ती गरे गाली गरि दिनु हुन्न डर्नु ।।
परीक्षामा थोरै नम्वर आयो भनि बोले ।
अरुका सामुन्ने  उसको कमजोरीलाई खोले ।।
हीनभाव मौलाउँछ कमजोर बन्दै जान्छ ।
हौसला बढनुको साटो आपूm कमजोर ठान्छ ।।
अर्को पल्ट राम्रो गर्छौ अहिले यति ग¥यौ ।
सिकाउनमा कमी रहयो तब पछि प¥यौं ।।
आजै देखि आफ्नो पाठ राम्रो सँग पढे ।
पढेर नै ज्ञानी बने विद्धान बनी बढे ।।
मेरो बाबु कति राम्रो मेहेनती कति ।
कस्ता अक्षर कस्तो पढाई को छ उसका जति ।।
प्रत्येक काममा उसलाई हौसला बढाउनु ।
फुर्सदमा घरमा उसलाई जान्नेले पठाउनु ।।
बच्चाले नदिए जवाफ उसलाई डाटनु  हुन्न ।
डाँट फटकार कुटपिट न त कोठा थन्नु ।।
के हो कारण पत्ता लगाई वास्तविकता बुझि ।
चित बुझे जवाफ दिन्छ उसको मनमा सुझि ।।
नबुझि मनको विज्ञान बच्चा डाटनु हुन्न ।
डर पस्छ निरास हुन्छ वाधक ज्ञानी वन्न ।।
आइन्स्टाइन बैज्ञानिक सवले चिन्ने नाउँ ।
मुनिख पढन आए छोडी आफ्नो गाउँ ।।
जर्मनको मुनिखमा एउटा स्कूल थियो ।
आइन्स्टाइन त्यही स्कूलमा पढ्न भर्ना लियो ।।
तीन वर्ष सम्म पनि सक्दैनथ्ये बोल्न ।
सक्दैनथ्ये केही माग्न न त मुख खोल्न ।।
आमा बाबु चिन्ता गर्थे कि त लाटो हुन्छ ।
सक्दैन राम्रोरी बोल्न कि त मुर्ख वन्छ ।।
६ वर्षको उमेरमा स्कूल भर्ना भए ।
मुनिखको प्राथमिकमा पढन स्कूल गए ।।
नवुझेर जवाफ दिने बानी थ्यैन उनको ।
शिक्षक क्रुद्ध हुन्थ्ये वानी देखि तिनको ।।
शिक्षकले कक्षा कोठा औला देखाई भने ।
यो केटो वेकुफ मुर्ख गुरु बोल्दा सुने ।।
कक्षाको अन्तिम सिटमा आइन्स्टाइन बसेको ।
शिक्षकका कुरा सुनि मनमा डर पसेको ।।
अरु बच्चा खिसि गथ्र्ये यहुँदी भनेर ।
बच्चा खुसि भए त्यो डाँटाई सुनेर ।।
यो मुर्ख हेर त कस्तो केही पनि जान्दैन ।
सिक्दैन सान साना कुरा मनमा ठान्दैन ।।
शिक्षकले फेरी बोले एमुर्ख बोलन ।
सोधेको जवाफ दिन मुख त खोलन ।।
चुपचाप नबोलेर मुख हेरि रहयो ।
शिक्षक कडकेको सुनि भयभीत भयो ।।
शिक्षक कडके उठ मुर्ख तल्लो कोठा आउ ।
पुरा दिन त्यो हलको चिसो अव खाउ ।।
सधैं शिक्षक सजाय दिन्थे चिसो हलमा लगि ।
साँझमा घरमा आउँथ्ये पुरा सजाय भोगी ।।
परीक्षामा प्रथम भए शिक्षक चकित भए ।
आइन्स्टाइनको नम्वर देखि साथी दंग रहे ।।
घरमा मेहनत गथ्र्ये वुझि मात्र बोल्थे ।
राम्ररी बुझेको कुरा भन्न मुख खोल्थे ।।
सापेक्षताको सिद्धान्त र अन्य खोज गरे ।
प्रख्यात बैज्ञानिकको उच्च श्रेणी परे ।।
सवै बच्चा समान हुन्न न त समान रुचि ।
बच्चालाई पढाउनु पर्छ उसको रुचि बुझि ।।
नवुझि बच्चालाई सजाय दिन हुन्न कवै ।
अलग क्षमता रुचि छैनन समान सबै ।।
मनोभाव नबुझेर बच्चा डाटनु हुन्न ।
सबैले ध्यान दिनु पर्छ उसका कुरा सुन्न ।।
जवाफ नआउँदै डाँटने तर्क गरे कुटने ।
दुर्वचन गाली दिई उसको दिमाग झुटने ।।
अमेरिका मिचिगन राज्य पोर्ट हुरोन ।
सात वर्षीय विधार्थीको गुरुले कुरो बुझेन ।।
थोमस अल्वा एडिसन सात वर्षिय थिए ।
पोर्ट हिरोन ठाउँमा उन्ले स्कूल भर्ना लिए ।।
केवल तीन महिना भयो स्कूलमा आएको ।
अपमान सम्झि रन्थ्ये स्कूलमा पाएको ।।
शिक्षक पटमुर्ख भन्थ्ये उठ हठि भन्थ्ये ।
शिक्षिका कठोर बचन थोमस सधैं सुन्थ्ये ।।
आफू बुझि नजानेर जवाफ दिन्नन उनी ।
तर्क गरे शिक्षिकाका हठि हुन्थ्ये तिनी ।।
थोमस भनि शिक्षिकाले एक दिन बोलायो ।
गुरुमा के भन्छन् भनि थोमस टोलायो ।।
ए बाबु यो चिठी लगि तिम्री आमा दिनु ।
नहराउनु वाटा कतै पुरा होस लिनु ।।
आमालाई पढन दिई तिमी पनि सुन्नु ।
आमाले पढेका कुरा मनमा पुरा गुन्नु ।।
हवस् गुरुमा भनि चिठ्ठी हातमा लियो ।
घरमा आई आमालाई चिठ्ठी पढन दियो ।।
खुसीले समाती चिठ्ठी जब पढन थालिन् ।
रसाए आमाका आँखा बर्र आँसु ढालिन् ।।
तुरुन्तै हाँसेर चिठ्ठी थोमसलाई सुनाईन ।
चिठ्ठीमा लेखेको कुरा राम्रो भन्ने जनाईन ।।
तिम्रो छोरा बुद्धिमान प्रतिभाशाली छ ।
कस्तो बुद्धि  अति तीव्र सौभाग्यशाली छ ।।
कति तेज बुद्धि यिनको त्यस्तो अरु छैनन् ।
सानो स्कूल त्यस्तो शिक्षक हामी सँग भएनन् ।।
घरमा पढ्छ मेरो छोरो स्कूल जाँदैन ।
स्कूलमा आउने जाने त्यो कष्ट खाँदैन ।।
घरमा पढन थाल्यो थोम्स अव देखि ।
बल्ल छुट्टि पायौ उसले शिक्षिकाको शेखि ।।
आफु छन्जेल घरमा नै छोरा पढाइ बसिन् ।
छोरालाई वैज्ञानिक बन्न पूरा कम्मर कसिन् ।।
आमाको देहान्त पछि थोमस घरमै पढथ्ये ।
विभिन्न किताव पढि उनी अघि वढथ्ये ।।
कष्टकर जीवन व्यतित खर्च जुटाई पढे ।
विज्ञानका पुस्तक किनी आविष्कारमा वढे ।।
विभिन्न आविष्कार गरी संसारलाई देखाए ।
थोमस अल्वा एडिसन वैज्ञानिक लेखाए ।।
महान वैज्ञानिक बने विश्व चकित पारे ।
तमाम आविस्कार आफ्ना जनता सामु सारे ।।
विधुत चिम फोनोग्राम अविष्कार कति ।
तेह्रसय अविष्कार अरुका थिएन्न त्यति ।।
महान वैज्ञानिक बने सर्वश्रेणि नाम ।
विश्व नै चकित भयो उनको देखि काम ।।
एक दिन उनले घरका पुराना कागज पढे ।
रसाए उनका आँखा आँसु तल झरे ।।
गुरुमाको त्यही पत्र उनी पढन थाले ।
आमाको फोटोमा माला बत्ति पनि बाले ।।
आँसु वगाई फोटो तिर एकटकले हेरे ।
आमाको फोटोमा चुमि उनलाई ढोग गरे ।।
तिम्रो छोरो साह्रै मुर्ख चिठ्ठीमा लेखेको ।
थोमस चकित परे चिठ्ठीमा देखेको ।।
आमाले पढिन छुट्टै चिठ्ठीमा त भिन्नै ।
थोमसका खुट्टा कामे मुर्छा पथ्र्यो झन्नै ।।
शिक्षिकाले निकालेको रहेछ स्कूलवाट उन्लाई ।
आमाले लुकायो कुरा बचाई वाल मन्लाई ।।
वालकको मनोभाव वुझि कार्य गरौं ।
वाल जीवन सुधार गर्न सवै अघि वढौं ।।
आफ्ना सन्तान हुर्काएमा देशकै भलो हुन्छ ।
सबैका सुध्रिए सन्तान देश सम्पन्न बन्छ ।।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ असार २१

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP