२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

भारतकोमा लकडाउन जारी रहने

भारतको केन्द्रीय र राज्य सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९’को संक्रमण देखिएका ७५ जिल्लालाई पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ ।

आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधान सचिब, क्याबिनेट सचिब तथा सबै राज्यको सचिबहरुको उच्च स्तरीय बैठकमार्फत कोरोनाको संक्रमण फैलिएको ७५ जिल्लालाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका लागि ३१ मार्चसम्मका लागि एक राज्यबाट अर्को राज्यमा जाने सम्पूर्ण बस सेवाहरु पूर्ण रुपमा स्थगित गरिएको छ । त्यस्तै अनावश्यक यात्रुबाहक बस सेवा र ट्रेन सेवाहरु पनि ३१ मार्चसम्मका लागि बन्द गरिएको छ ।

तर, मालबाहक गाडीलाई भने चल्न दिइने बताइएको छ । त्यस्तै अत्यावश्यक सेवाहरु पनि सञ्चालनमा रहने जानकारी गराइएको छ ।

भारतको गृह मन्त्रालयले भनेको छ, ‘देशभर चल्ने इन्टर–स्टेट बस सेवाहरु ३१ मार्चसम्मका लागि स्थगित गरिएको छ ।’

यसैबीच, भारतीय रेलवेले पनि भनेको छ, ‘२२ मार्चको आधि रातपछि ३१ मर्चको आधिरातसम्म केवल मालबाहक गाडीहरु मात्रै चल्नेछन् । सम्पूर्ण रेलगाडीहरु स्थगित गरिएको छ ।’

अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगिसकेको छ, भने २४ जना पूर्ण रुपमा निको भएर आ–आफ्नो घर फर्किसकेका छन् ।

त्यस्तै ३४१ जना कोरोना भाइरसको संक्रमणबाट गुज्रिरहेका छन् ।

Related News

लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल-भारत सीमानाका बन्द
लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल-भारत सीमानाका बन्द
  • २०७६ चैत्र ९

दिपायल– भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गरिने...

TOP