२०८३ श्रावण १०, आईतवार
July 26, 2026, Sunday

चिनियाँ रक्षामन्त्री फेङ्हे मंसिर १४ गते आएर त्यही दिन फर्कने

काठमाडौँ- भारतले एकपछि अर्को सरकारी अधिकारी नेपाल भ्रमणमा पठाइरहेका नेपाल आउन लागेका चिनियाँ  रक्षामन्त्री वेई फेङ्हेको नेपालयात्रा भने एक दिनको मात्र हुनेछ। आधिकारिकरुपमा गोप्य राखिएको यो भ्रमण मंसिर १४ मा हुने र रक्षामन्त्री फेङ्हे त्यही दिन फर्कने उच्च सरकारी स्रोतले जनाएको छ।

राष्ट्रपति सी जीनपिङको गत वर्षको भ्रमणपछि नेपाल आउन लागेका सर्वोच्च चिनियाँ अधिकारी हुन् रक्षामन्त्री। नेपालको राजनीतिक अस्थीरता र सत्ताधारी  नेकपा भित्रको द्वन्द्व विभाजनमा पुग्न सक्ने अवस्थासँगै भावी राजनीतिमा नेपाली सेनाको सान्दर्भिकता बढ्न सक्ने अड्कलबाजीका बीच चिनियाँ विदेश मन्त्रीको सट्टा रक्षामन्त्री आउनुलाई कूटनीतिक वृत्तमा अर्थपूर्णरुपमा हेरिएको छ।

हालै सम्पन्न भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे र त्यसअघि भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलको भ्रमण अनि र अर्को हप्ता भारतीय विदेश सचिव हर्षबर्धन शृङ्गलाको नेपाल यात्राकै सेरोफेरोमा हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई दुई छिमेकीबीच नेपालमा बढेको चासो र प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ।

रक्षामन्त्री फेङ्हेसँग उच्च चिनियाँ सैनिक अधिकृतहरु पनि आउने सरकारी स्रोतले बतायो।

Related News

तातोपानी नाका डेढ सातादेखि ठप्प, अर्बौंको आयात व्यापार प्रभावित
तातोपानी नाका डेढ सातादेखि ठप्प, अर्बौंको आयात व्यापार प्रभावित
  • २०७७ मंसिर ६

तातोपानी नाका डेढ सातादेखि ठप्प, अर्बौंको आयात व्यापार प्रभावित काठमाडौं...

TOP