२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

युरोपमा तीन लाख बढी कोरोना संक्रमितको मृत्यु

युरोपमा कोरोना संक्रमण पुनः बढेपछि मंगलबार मात्र यो महादेशमा मर्नेको संख्या तीन लाख नाघेको छ।

फ्रान्स, जर्मनी, बेल्जियम र इटालीमा संक्रमितको संख्या घटेको छैन। 

फ्रान्समा १२ दिनपछि संक्रमितको संख्या घटेपनि अस्पतालमा गम्भीर बिरामीको संख्या बढेको छ।

यहाँको सरकार भ्याक्सिनको प्रतिक्षामा छ तर कुनै ठोस नतिजा निस्किएको छैन। 

युरोपले विश्वको कूल जनसंख्याको १० प्रतिशत स्थान ओगटेको छ। यहाँको अस्पताल सुविधासम्पन्न छ।

तर, कोरोना संक्रमितलाई उनीहरूले बचाउन सकिरहेका छैनन्।

लकडाउन र सामाजिक दुरीको पालना नगर्दा समस्या झन् बिकराल बन्दै गइरहेको छ।

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७७ मंसिर २

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP