२०८२ कार्तिक २९, शनिबार
November 15, 2025, Saturday

युरोकप फुटबल अर्को वर्षका लागि सर्ने

विश्वभर फैलिएको कोरोना भाइरसका कारण युरोकप २०२० सर्ने भएको छ । नर्वेजियन फुटबल फेडेरेसनकाअनुसार यो प्रतियोगिता अब २०२१ मा मात्र हुनेछ ।

युरोपियन फुटबलको नियमनकारी निकाय यूईएफएले मुख्य स्टेकहोल्डरसँग मंगलबार आकस्मिक भिडियो कन्फ्रेन्स गरेको थियो । नर्वेजियन एफएका अनुसार अब यो प्रतियोगिता अर्को वर्ष ११ जुनदेखि ११ जुलाईमा हुनेछ ।

कोरोना संक्रमण नभएको भए यो प्रतियोगिता १२ जुनदेखि १२ जुलाईसम्म युरोपको १२ स्थानमा हुने थियो ।

Related News

डोटीमा एक लाख ११ हजार पुरस्कार राशिको क्रिकेट प्रतियोगिता आयोजना हुने
डोटीमा एक लाख ११ हजार पुरस्कार राशिको क्रिकेट प्रतियोगिता आयोजना हुने
  • २०७६ चैत्र ५

दिपायल, भदौ ७ गते । डोटीमा “दिल्पेश्वर लिग” क्रिकेट प्रतियोगिता...

TOP