२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

कोरोना भाइरसका कारण स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा एकजना युवा फुटबल प्रशिक्षकको निधन भएको छ । ल्युकेमियाबाट पनि ग्रसित रहेका २१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको हो।

उनी मालागामा रहेको एथ्लेटिको पोर्ताडा अल्ताको युवा टिमका प्रशिक्षक थिए । कोरोना भाइरसको संक्रमणको लक्षणसहित उनी अस्पताल गएपछि मात्रै उनमा क्यान्सर पनि रहेको थाहा भएको थियो।

उनलाई स्वासप्रस्वासमा समस्या भएको थियो । उनी अस्पताल गएपछि कोरोना भाइरस तथा निमोनियासँगै क्यान्सर पनि रहेको थाहा भएको थियो । उनको आइतबार अबेर निधन भएको हो।

मालागामा कोरोना भाइरसका कारण निधन उनी कम उमेरका व्यक्ति हुन् । मालागामा कोरोनाका कारण मृत्यु भएका अरु चारजना ७० वर्ष भन्दा माथिको उमेरका छन् ।

Related News

लियोनेल मेस्सी विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी
लियोनेल मेस्सी विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी
  • २०७६ चैत्र ५

लियोनेल मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल...

TOP