२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

कोरोना भाइरसका कारण स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा एकजना युवा फुटबल प्रशिक्षकको निधन भएको छ । ल्युकेमियाबाट पनि ग्रसित रहेका २१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको हो।

उनी मालागामा रहेको एथ्लेटिको पोर्ताडा अल्ताको युवा टिमका प्रशिक्षक थिए । कोरोना भाइरसको संक्रमणको लक्षणसहित उनी अस्पताल गएपछि मात्रै उनमा क्यान्सर पनि रहेको थाहा भएको थियो।

उनलाई स्वासप्रस्वासमा समस्या भएको थियो । उनी अस्पताल गएपछि कोरोना भाइरस तथा निमोनियासँगै क्यान्सर पनि रहेको थाहा भएको थियो । उनको आइतबार अबेर निधन भएको हो।

मालागामा कोरोना भाइरसका कारण निधन उनी कम उमेरका व्यक्ति हुन् । मालागामा कोरोनाका कारण मृत्यु भएका अरु चारजना ७० वर्ष भन्दा माथिको उमेरका छन् ।

Related News

सानिमाद्वारा रक्तदान कार्यक्रम आयोजना
सानिमाद्वारा रक्तदान कार्यक्रम आयोजना
  • २०७६ चैत्र ५

धनगढी – सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनी लोमिटेड सुदूरपश्चिम प्रदेश...

TOP