२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

टोकियो ओलम्पिक तोकिएकै मितिमा गर्नु असंवेदनशिल तथा गैरजिम्मेवार : आइओसी सदस्य

जापानले टोकियो ओलम्पिक गेम्स तोकिएकै मितिमा गर्ने गरी तयारी जारी राखेको छ।

तर विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अरु विभिन्न खेल गतिविधि स्थगित भएका बेला धेरैले टोकियो ओलम्पिक पनि रोकिनु पर्ने बताएका छन् । र पनि जापानले आफ्नो तयारी निर्धारित मितिमै खेल सम्पन्न गर्ने रहेको बताउँदै आएको छ ।

यो वर्षको ओलम्पिक खेल आउँदो जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय भएको छ । जापानले तोकिएकै समयमा गर्ने भने पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिकी एक सदस्य हेली वेकेनहाइजरले त्यसको विरोध गरेकी छन् ।

कोरोना भाइरसको महामारी फैलिरहेका बेला ओलम्पिक गर्छु भन्नु असंवेदनशिल र गैरजिम्मेवार रहेको उनको भनाई छ।

उनले भनेकी छन्, ‘ओलम्पिक खेल भन्दा संकट ठूलो छ।’ अबको तीन महिना सकेसम्म भिडभाड परित्याग गर्न उनले सुझाव दिएकी छन् ।

Related News

लिग–२ त्रिकोणात्मक सिरिज आजदेखि, नेपालले पहिलो खेलमा नामिबियासँग भिड्दै
लिग–२ त्रिकोणात्मक सिरिज आजदेखि, नेपालले पहिलो खेलमा नामिबियासँग भिड्दै
  • २०७६ चैत्र ५

लिग–२ त्रिकोणात्मक सिरिज आजदेखि, नेपालले पहिलो खेलमा नामिबियासँग भिड्दै काठमाडौं...

TOP