२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

लिग–२ त्रिकोणात्मक सिरिज आजदेखि, नेपालले पहिलो खेलमा नामिबियासँग भिड्दै

लिग–२ त्रिकोणात्मक सिरिज आजदेखि, नेपालले पहिलो खेलमा नामिबियासँग भिड्दै

काठमाडौं – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक एकदिवसीय (ओडीआई) सिरिज आजदेखि नेदरल्यान्ड्समा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले आज नामिबियाको सामना गर्नेछ।

नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे नेदरल्यान्ड्सको स्पोर्टपार्क मार्सचाल्करविर्ड मैदानमा सुरु हुनेछ। यो खेल लिग–२ अन्तर्गत नेपालका लागि महत्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

हाल आठ टोली सहभागी लिग–२ अंकतालिकामा नेदरल्यान्ड्स तेस्रो, नेपाल पाँचौँनामिबिया सातौँ स्थानमा रहेका छन्। नेपालका लागि एकदिवसीय (ओडीआई) मान्यता कायम राख्नुका साथै आगामी विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यका साथ यो सिरिज अत्यन्त महत्वपूर्ण रहेको छ।

नेपालले हालसम्म लिग–२ मा २८ खेल खेल्दै ११ जित१७ हार व्यहोरेको छ। यस त्रिकोणात्मक सिरिजमा नेपालले नामिबिया र घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध दुई–दुई खेल खेल्ने तालिका रहेको छ।

नेपाली टोली अंकतालिकामा सुधार गर्दै विश्वकप छनोट यात्रालाई मजबुत बनाउने लक्ष्यसहित मैदान उत्रने तयारीमा रहेको छ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०८३ श्रावण ५

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP