२०८० मंसिर १५, शुक्रबार
December 1, 2023, Friday

युभेन्टसका दुई खेलाडीमो कोरोना भाइरसको संक्रमण

इटालियन सिरी ए फुटबल क्लब युभेन्टसका अर्का एक खेलाडीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । युभेन्टसका मिडफिल्डर ब्लेज माटुइडीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

विश्वकप विजेता फ्रान्सेली खेलाडी ब्लेज (३२) कोरोना भाइरसको लक्षण देखिएपछि एक हप्ता अघि (मार्च ११) देखि स्वतन्त्र रुपमा आइसोलेसनमा थिए र अहिले उनमा संक्रमण पुष्टि भएको युभेन्टसले जनाएको छ ।

यसअघि युभेन्टसका सेन्टर–ब्याक डानिएले रुगानीलाई गएको हप्ता कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । इटालीमा सबै आन्तरिक फुटबल गतिविधिहरु कम्तिमा आउँदो अप्रिल ३ सम्मका लागि स्थगित भएका छन् ।

Related News

बन्लेकमा स्वाथ्य शिविर : एक सय ३० जना बिरामीले लिए सेवा
बन्लेकमा स्वाथ्य शिविर : एक सय ३० जना बिरामीले लिए सेवा
  • २०७६ चैत्र ५

दिपायल – शिखर नगरपालिका – १० बन्लेकमा आयोजना गरिएको स्वास्थ्य...

TOP