२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

भारत सरकारले ८० करोड जनतालाई तीन महिनासम्म निशुल्क दालचामल दिने

भारत सरकारले प्रधानमन्त्री गरीब कल्याण योजनाअन्तर्गत भारतका ८० करोड  बासिन्दालाई आगामी तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल दिने भएको छ।

पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल भारत सरकारले तीन महिनासम्म निशुल्क दिने भएको हो।

त्यस्तै, भारत सरकारले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता दुई हजार रुपैयाँ दिने घोषणा पनि गरेको छ।

बढ्दो संक्रमणका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले  तीन सातासम्म लकडाउनको घोषणा गरेका छन्।

भारतमा अहिलेसम्म कोरोना संक्रमणका ६ सय ८० बिरामी भेटिइसकेका छन् भने १३ जनाको ज्यान गइसकेको छ।

Related News

IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त
IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त
  • २०७६ चैत्र १३

IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त...

TOP