२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

बोगटानमा सञ्चालित स्वास्थ्य शिविरमा २ सय ५० जनाले लिए स्वास्थ्य सेवा


डोटी – बोगटान फुड्सिल गाउँपालिकामा आयोजित दुइ दिने निःशुलक स्वास्थ्य शिवरमा २ सय ५० जना बिरामीले विशेषज्ञ स्वास्थ्य सेवा पाएकाछन् । सुजङ्ग अस्पताल राजपुर डोटीको प्राबिधिक सहयोमा बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ ले शिविरको आयोजना गरेको हो ।

शिविरमा सहभागी २ सय ५० जना मध्य ७२ जना बिरामीले भिडियो एक्सरे सेवा लिएका छन् । त्यस्तै १२ जना पाठेघर खसेका महिलाको रिङ्ग पेसरी राखिएको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।

यो समाचार तयारपार्दा सम्म २ सय ५० जनाले स्वास्थ्य सेवा पाएका हुन् । शुक्रबार शुरु भएको स्वास्थ्य शिविर शनिबार साँझ ५ बजे सम्म सञ्चालन हुने छ ।

आफ्नो वडाका महिलाहरुमा प्रजनन तथा पाठेघर सम्बन्धि बढी समस्या देखिएकाले जनस्वास्थ्यलाई मध्य नजर गर्दै शिविरको आयोजना गरिएको वडाध्यक्ष बिरेन्द्र चन्दले बताए ।

सुजङ्ग अस्पतालमा कार्यरत महिला बिशेषज्ञ डाक्टर नितु यादवले बिरामीहरुलाई बिशेषज्ञ सेवा दिएकी हुन् । अस्पतालले दैनिक बिशेषज्ञ सेवा दिनुका साथै स्वास्थ्य शिविरहरुमा सहयोग गर्दै आएको छ ।

यसअघि शिखर नगरपालिकामा सञ्चालीत स्वास्थ्य शिविरमा पाँच सय महिला बिरामीले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए ।

Related News

एसईईमा डोटी जिल्ला टपर छात्रलाई शिखर सरकारले दियो एक लाख छात्रवृत्ति
एसईईमा डोटी जिल्ला टपर छात्रलाई शिखर सरकारले दियो एक लाख छात्रवृत्ति
  • २०७६ चैत्र ८

दिपायल – शिखर नगरपालिकाले एसईईमा डोटी जिल्ला टपर भएका छात्रलाई...

TOP