डोटी । डोटीका थप दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको छ। डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका – ३ की ३४ वर्षिय एक महिला र पूर्वीचौकी गाउँपालिका – ६ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ९५३ पुगेको छ ।
दिपायल –शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले किसान र कृषकलाई...