२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

समुदायमा कोरोना : धनगढी उपमहानगरपालिकामा मात्रै १ सय १३ जना स्थानीय संक्रमित

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ। पछिल्लो केही दिन यता समुदायमा संक्रमितको संख्या ह्वात्तै बढेको छ।

बिहीबार सम्म धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या दुई सय ८५ पुगेको छ जसमा स्थानीय संक्रमित १ सय १३ जना रहेका छन्।

धनगढी उपमहानगरपमलिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बिहीबार सम्म पुष्टि भएका संक्रमित मध्ये एक सय १३ जनाको ट्राभल हिस्ट्री नरहेको बताए।

ट्राभल हिस्ट्री नभएका एक संक्रमितको मृत्यु भएसकेको छ। जनस्वास्थ्य निरीक्षक उपाध्यायका अनुसार बिहीबार मात्र धनगढीका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २६ जनाको ट्राभल हिस्ट्री छैन।

ट्राभल हिस्ट्री नभएका संक्रमितमा स्थानीय शिक्षक, स्वास्थ्यकर्मी, व्यापारी, प्रहरी, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, सरसफाइकर्मी, कानुन व्यवसायी, संक्रमितका परिवारका सदस्य र केही सर्वसाधारण रहेको स्वास्थ्य शाखाले जनाएको छ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वडले नगरक्षेत्रमा संक्रमितको संख्या बढ्दै गएकाले सबैलाई सचेतना अपनाउन आग्रह गरे । उनले भने–‘धेरै संक्रमित देखिएको ठाउँमा सिल गरेर बढी भन्दा बढी परीक्षण गर्ने तयारीमा छौं ।’

उपमहानगरपालिकाका अनुसार धनगढीका सबै वडामा कोरोना फैलिएको छ। सबैभन्दा बढी वडा नम्वर ५ मा ५६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका अधिकांश स्थानीय छन्।

यस्तै वडा नम्वर १ मा ३२ जना, वडा नम्बर २ मा नौँ जना, वडा नम्वर ३ मा २२ जना, वडा नम्वर ४ मा १८ जनामा संक्रमण पुष्टि भएको छ।

वडा नम्वर ६ मा सात जना, वडा नम्वर ७ मा १२ जना, वडा नम्वर ८ मा ६ जना, वडा नम्वर ९ मा नौँ जना, वडा नम्वर १० मा तीन जना, वडा नम्वर ११ मा ८ जना र वडा नम्वर १२ मा ३८ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै वडा नम्वर १३ मा चार जना, वडा नम्वर १४ मा २५ जना, वडा नम्वर १५ मा सात जना, वडा नम्वर १६ मा तीन जना, वडा नम्वर १७ मा एक जना, वडा नम्वर १८ मा १८ जना र वडा नम्वर १९ मा सात जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ भाद्र १९

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP