२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

कोरोनाका कारण १८ वर्षे युवतीको मृत्यु : नेपालमा मृतकको संख्या ५९ पुग्यो

वीरगञ्ज – पटक पटक वान्ता भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पर्साको पोखरिया नगरपालिका ९ बर्वा टोलस्थित मामाघरमा बस्दै आएकी १८ वर्षकी युवतीको मृत्युपछि भएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

गत सोमबार राति घरमै रहेको बेला पटकपटक वान्ता गर्न थालेपछि ती युवतीलाई उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमा नै मृत्युु भएको थियोे ।

अस्पताल पुगेपछि मृत युवतीको स्वाब संकलन गरी परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको थियो।

मंगलबार राति ती युवतीको पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्थायी कोरोना अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ ।

Related News

डोटीमा पहिरो : प्रहरी, रास्वपा र स्थानीयको संयुक्त प्रयासमा जोखिममा परेकाको उद्धार
डोटीमा पहिरो : प्रहरी, रास्वपा र स्थानीयको संयुक्त प्रयासमा जोखिममा परेकाको उद्धार
  • २०७७ श्रावण २१

डोटीमा पहिरो : प्रहरी, रास्वपा र स्थानीयको संयुक्त प्रयासमा जोखिममा...

TOP