२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

बलिउड कलाकार अनुपम खेरको परिवारका चार सदस्यमा पनि कोरोना संक्रमण

एजेन्सी-बलिउड कलाकार अनुपम खेरको परिवारका चार सदस्यमा पनि कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।अनुपमले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै यस बारेमा जानकारी दिएका हुन् । ट्वीटरमा आफ्नो आमालाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका छन्। ट्वीटरमा उनले लेखेका छन्, ’मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजु र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ ।

म आफैंले पनि परीक्षण गरे र मैले आफ्नो रिपोर्ट नेगेटिभ पाएको छु। यस अघि शनिबार मात्रै बलिउडका अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन कोरोना संक्रमित बनेका छन् । उनीहरुको अहिले मुम्बईस्थित नानावती अस्पतालमा उपचार भइरहेको छ ।कोरोना देखिएपछि अमिताभ बच्चनको निवास जलसालाई कन्टेन्टमेन्ट क्षेत्र घोषित गरि सील गरिएको समाचारमा जनाइएको छ ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ असार २८

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP