२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

सुदूरपश्चिममा थपिए ८५ जना कोरोना संक्रमित : कुल संख्या ३६ सय नाघ्यो

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामडौँमा १७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्लामा २० जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ३ र धनगढी प्रयोगशालामा ४५ गरी आज थप ८५ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १४ र बैतडीका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा जानकारी दिइएको छ।

कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बाजुराका २० जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका तीनजनामा कोरोना पुष्टि भएको हो।

यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। संक्रमित मध्ये ८ जनाको मृत्यु भइसकेको छ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७७ असार २१

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP