२०७९ श्रावण २९, आईतवार
August 14, 2022, Sunday

पीसीआर परिक्षणको दायरा बढाउन माग गर्दै सरकालाई ज्ञापन र संकलित पैंसा पठाईयो

डोटी– पीसीआर परिक्षणको दायरा बढाउन माग गर्दै सरकारलाई ज्ञापन पत्र र एक रुपैंया अभियानबाट संकलन गरिएको पैंसा पठाईएको छ । नेपाल विद्यार्थी संघ डोटीले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र र ‘रू.१ चन्दा अभियान’ बाट संकलन गरिएको रकम पठाएको हो ।

नेवि संघले बुधबार डोटीमा पिसिआर खरिदका लागि सरकारलाई पठाउँने भन्दै ‘रू.१ चन्दा अभियान’ सञ्चालन गरेको थियो ।

पीसीआर मेशिन खरिदको लागि दबाब दिने उद्देश्यले सो अभियान सुरू गरेको नेविसंघ डोटीका अध्यक्ष गणेश खड्काले बताए । ‘सरकार जनताप्रतिको दायित्वमा उदासिन देखिएको छ,’उनले भने,’भ्रष्टाचार गर्न जुनसुकै हदपनि पार गर्न नहिच्किने सरकारले आरडिटीका नाममा गरिरहेको भ्रष्टाचार हटाउन र जनताप्रति जिम्मेवार बनाउन यो अभियान थालेका हौ ।’

कोरोना परिक्षणमा पीसीआर पद्धतीमात्रै विश्वसनिय रहेको अवस्थामा सरकार त्यसको दायरा बढाउनतर्फ उदासिन रहेको अध्यक्ष खड्काले बताए । उनले भने,’सरकार हज्जारौं नागरिक क्वारेन्टाईनमा राखेर कमिशनको खेलमा ल्याईएको आरडिटी प्रयोग गरेर रकम कुम्ल्याउन तल्लीन छ । जुन जनस्वास्थ्यमाथि गम्भिर खेलवाड हो ।’

सरकारले नेविसंघको माग लाई सम्बोधन नगरे कडा आनदोलनमा उत्रिले अध्यक्ष खड्काले बताए ।

Related News

अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
  • २०७७ जेष्ठ २९

दिपायल – अपाङ्गका सवालमा काम गर्दै आइरहेको संस्था अपाङ्ग अधिकार...

TOP