२०७९ असार १७, शुक्रबार
July 1, 2022, Friday

प्रदेश २ मा थप ६० जनामा कोरोना संक्रमण

रौतहट- प्रदेश २ मा आइतबार मात्र ६० जना कोरोना संक्रमित थपिएका छन् ।

योसंगै प्रदेश २ मा संक्रमितको संख्या ६ सय ९ पुगेको छ । आइतबार थपिएका संक्रमितमा रौतहटमा २९ जना, धनुषामा २१ र सर्लाहीमा १० जना रहेको प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

रौतहटमा संक्रमित भएका मध्ये दुर्गा भगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ जना हुन् ।

यस्तै, धनुषामा संक्रमित भएका मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको क्वारेन्टाइनका ९ जना र गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टाइनका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सर्लाहीमा थपिएका संक्रमित मध्ये हरिपुर नगरपालिकाका ७ र बहम्पुरी गाउँपालिकाको क्वारेन्टाइनका ३ जना छन् । 

Related News

सुदूरपश्चिम सरकारको बजेट विवाद : लगातार तेस्रो पटक प्रदेशसभा बैठक स्थगित
सुदूरपश्चिम सरकारको बजेट विवाद : लगातार तेस्रो पटक प्रदेशसभा बैठक स्थगित
  • २०७७ जेष्ठ १८

कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार तेस्रोपटक स्थगित गरिएको छ ।...

TOP