बाजुरा : बाजुराको त्रिवेणीमा २ जनामा र्यापीट टेष्ट (आरडीटी) मा पोजेटीभ देखिएको छ । र्यापीट टेष्ट गर्ने क्रममा भारतबाट आएका त्रिवेणीका २ जनामा पोजेटिभ देखिएको श्रोतले बताएको छ । २२ वर्षका युवक र ६० वर्षका व्यक्तिमा पोजेटिभ देखिएको बताईपनि आधारिक रुपमा पुष्टी हुन बाँकी रहेको छ ।
श्रोतका अनुसार सुरक्षा समिति र संटक व्यवस्थापन समितिको आपतकालिन बैठक समेत बसेर सो बारेमा छलफल गरेको बुझीएको छ । दोस्रो पटक र्यापीट जाँच गर्दा पनि ६० वर्षको व्यक्तिमा पोजेटीभ देखिएको र १८ वर्षको युवकमा नेगेभिट देखिएपनि स्वाब परिक्षणका लागि पठाउने तयारी गरिएको बुझीएको छ ।
दुवै जना चैत्र २ गते भारतबाट आएको बुझीएको छ । ६० वर्षका युवा सम्पर्कमा आएपनि १८ वर्षका युवक भने सम्पर्क बाहिर रहेको बुझीएको छ । स्वास्थ्य कार्यालय बाजुराले यतीबेला जिल्लामा र्यापीट टेष्ट गरिरहेको छ । यस बारे स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालय बाजुराले भने आवश्यक अनुसन्धान भईरहेकोले तत्काल भन्न नमिल्ने बताएको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...