२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

नगरबासीको घरघरमा स्वास्थ्यकर्मी र नगर सरकार

वडामार्फत साबुन र माक्स वितरण

डोटी- कोरोना भाइरस (कोभिड १९) का कारण विश्वमा नै सन्त्रास छाएको छ । नेपाल पनि भाइरसको चपेटामा परेको छ । सुदूरपश्चिम प्रदेश मुलुककै उच्च जोखिममा देखिन्छ । सुदूरपश्चिमबाट कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ ।

भारतबाट आएका नेपालीहरुमा कोरोना संक्रमण देखिएपछि सुदूरपश्चिमबासीहरुमा त्रास छाएको छ । पछिल्लो समयमा भारतमा कोरोना संक्रमण फैलिदै गर्दा त्यहाँ रहेका प्रवासिहरु स्वदेश फर्किएकाछन् । कतिपयलाई क्वारेण्टाइनमा राखिएको छ भने अधिकांश ब्यक्तिहरु सिमानामा सामान्य ज्वरो नापायको भरमा आफुहरुलाई संक्रमण नभएको भन्दै आ–आफ्नो घरमा पसिसकेकाछन् । प्रदेश सरकारले भारतबाट सुदूरपश्चिमका नाका हुँदै आएका प्रवासी नेपाीहरुलाई सुरुवात देखिनै क्वारेण्टाइनमा राख्न नसकेको प्रती गुनोसो बढ्दै गएको छ । पछिल्लो एकदिन सुदूरपश्चिमका बिभिन्न नाकामा थुनिएका नेपालीहरुलाई नेपाल प्रवेश गराई क्वारेण्टाइनमा राखिएको छ । त्यसको व्यवस्था स्थानिय सरहकारले गरिरहेको छ । भारतबाट गृह जिल्ला प्रवेश गरेका नेपालीहरुका कारण सुदूरपश्चिमका जनताहरुमा झनै त्रास फैलिएको छ ।

जिल्लाको शिखर नगरपालिकामा भारतका बिभिन्न ठाउँबाट आएका जना नगरबासीलाई नगरपालिकाले स्थापना गरेको ४ वटा क्वारेण्टाइनमा राखेको छ । नगर स्वास्थ्यले त्यसअघि गृह नगर प्रवेश गरेका अन्य ब्यक्तिहरुको पनि निगरानी राखिरहेको छ । नगरमा कोरोना संक्रमण फैलिन नदिन बिभिन्न गतिबिधिहरु भैरहेकाछन् ।

यसै क्रममा शिखर नगरपालिकाभित्र जनप्रितिनिधि र स्वास्थ्यकर्मीहरुले बाक्लो उपस्थिति जनाउँने गरेकाछन् । क्वारेण्टाइन देखि जनताको घरघर सम्म स्थानिय सरकारको पहुँच बढाइएको छ । केही स्थानियतहहरुका जनप्रतिनिधिहरुले घरमै बसेर जनतालाई घरभित्रै रहन, लकडाउँनको पालना गर्न अनुरोध गरिरहेका बेला शिखर नगरपालिकाका जनप्रतिनिधि भने छरिदै जनताको घरघरमा पुगिरहेकाछन् । जसले गर्दा जनताहरुलाई गाउँगाउँमा सिंहदरबार पुगेको अनुभुति दिलाएको छ । शिखर नगरपालिकाले नगरबासीलाई मात्र नभै नगरबाहिर तथा परदेशमा रहेका नगरबासीको तथ्याङ्क संकलन गरी उनिहरुको अवस्थाका बारेमा समेत चासो राख्दै आएको छ ।

नगरपालिकाका जनप्रतिनिधिहरु जनचेतना, स्वास्थ्य परामर्श, स्वास्थ्य चेकजाँच, क्वारेण्टाइनको अवलोकन, माक्स, सावुन वितरण जस्ता कार्यक्रमहरु लगेर स्वास्थ्यकर्मी संगै गाउँघरमा पस्दै आएकाछन् । यसै क्रममा आइतबार नगरपालिकाले सबै नगरका वडाहरुमा माक्स र साबुन वितरण गरेको छ । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नगर स्वास्थ्य इन्चार्ज तथा कर्मचारी लगायतको टोलीले छरिदै नगरका बिभिन्न वडा तथा स्वास्थ्य कार्यालयमा पुगि माक्स र साबुन वितरण गरेको छ ।

नगरपालिकाको टोलीले माक्स र साबुन सम्बन्धित वडाध्यक्षको जिम्मा लगाएको छ । नगरको टोलीले वडाध्यक्ष तथा स्वास्थ्यकर्मीलाई जनताको घरदैलोमै पुगेर उक्त सामग्रीहरु वितरण गर्न स्वास्थ्य सम्बन्धि परामर्श दिन र कसैमा स्वास्थ्य समस्या देखिए तुरुन्त थप उपचारका लागि पहल चाल्न निर्देन समेत दिएको प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडीले बताए । उनका अनुसार १२ हजार ५ सय माक्स र ८ हजार साबुन वितरण गरिएको हो ।

ति सामग्रीहरु भिडभाड नगहुने गरी सम्बन्धित वडाका वडाध्यक्ष, वडा सदस्य र स्वास्थ्यकर्मीले जनताको घरमै गएर वितरण गर्नेे स्वास्थ्य इकाइ प्रमुख हरिश शाहले बताए । मास्क र सावुन घरधुरी अनुसार प्रयाप्त नभएता पनि नगरवासिको घर घरमा स्वास्थ्य सम्वन्धि जनचेतना र नगरका घर घरमा संकटको समयमा नगरको उपस्थिति रहेको संकेतको रुपमा यी सामग्री वितरण गरिएको संयोजक शाहले वताए । साथै सवै स्वास्थ्य संस्थामा थप औषधी समेत पुगाइ सकिएको उनले वताए ।

नगरप्रमुख सिताराम जोशीले बेलाबेलामा नगरबासीका घरघरमा पुगी यो संकटको घडिमा नआत्तिएर धैर्यताका साथ कोरोना भाइरसका विरुद्धमा एक जुट भएर सामना गर्न आग्रह गरे । उनले जनस्वास्थ्यको रक्षाका लागि आफुहरुले जिम्मेबारी पूर्वक काम गरिहेको बताउँदै जनताहरुलाई सान्तोना दिन र नगरबासीको घरघरमा स्वास्थ्यको सहज पहुँच पु¥याउँन स्वास्थ्यकर्मी र वडाध्यलाई निर्देशन दिए ।

‘साबुन र माक्स ठुलो राहत होइन नगरप्रमुख जोशीले भने, ‘सधै हामीले वितरण गरेर साध्य पनि छैन । हामिले जनताको व्यवहारमा परिवर्तन ल्याउँन, हातधुने बानिको बिकास गर्न, दैनिक सरसफाइ गर्नुपर्ने सन्देश प्रवाह गर्न र बाहिर निस्किदा माक्स लगाउँने बानिको बिकास गर्न यस्तो कार्यक्रम सञ्चालन गरेका हौं ।’ उनले थपे,‘यसको बाहनामा घरघरमा स्वास्थ्यकर्मी र जनप्रतिनिधि परिचालन गर्न, जनस्वास्थ्यलाई नजिकबाट हेर्न र जनचेतना फैलाउँन सजिलो भएको छ ।’

नगर उपप्रमुख धौली देवी रावलले यस्तो त्रासको अवस्था, संकटको अवस्थामा हामिले जनतालाई सान्तोनो दिनै पर्छ, जनताको साथमा सरकार छ भन्ने आभास दिलाउँनै पर्छ भन्ने हेतुले दैनिक जनताको सम्पर्कमा रहने गरेको बताइन् । उनले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै, कोरोनाको महामारी उत्पन्न हुननदिन स्वास्थ्यकर्मीहरुलाई बढी सक्रिय गराउँन स्वास्थ्यकर्मी प्रोत्साहन भत्ताको समेत व्यवस्था गरेको बताइन् ।

नगरपालिकाले नगरबासीलाई भिडभाड हुने खालका गसतबिधि नगर्न , नियमित सरसफाइमा ध्यान दिन र लकडाउँनको पालना गरि बिना काम गाउँनचाहर्न समेत अनुरोध गरेको छ । नगरले क्वारेण्टाइनमा बसेकाहरुको परिवारहरुलाई समेत नआत्तिन अनुरोध गर्दै उनिहरुको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी गराउँदै आएको छ ।

कारोना भाइरसका कारण गाउँनै त्रसित भएको बेला नगर सरकारको दैनिक बाक्लो उपस्थितिले राहत महशुस भएको स्थानियको भनाइछ । स्थानियहरुले नगरको टिम निर्वानका बेला भन्दा बढी गाउँघरमा देखिन थालेको बताउँदै आएकाछन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७६ चैत्र २४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP