२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

कोरोनाको आशंका गरिएका डोटीका युवामा संक्रमण नभएको पुष्टि

डोटी : कोरोना भाइरस संक्रमणको आशंका गरिएका डोटीका युवामा संक्रमण नभएको पुष्टि भएको छ । उनको घाटी र नाकको स्वाब परीक्षणका लागि बुधबार टेकु अस्पताल पठाइएको थियो । परिक्षण पछि शुक्रबार टेको अस्पतालले कोरोना संक्रमण नभएको पुष्टि गरेको हो ।

मंगलबार देखी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएका उनको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पताललाई उदृत गर्दै जिल्ला अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. ज्योती पाण्डेले बताइन् । उनले भनिन्,‘बिरामिको स्वास्थ्य अवस्थामासुधार आएको छ । रुघाखोकी र ज्वरोको लक्षण भेटेपछि आइसोलेसनमा राखेर उपचार गरेका थियौं । हामिले अझै १४ दिन घरमै आइसोलेसनमा बस्न भनेकाछौं । आजै उनलाई डिस्चार्ज गरेर घर पठाउँदैछौं ।’

नोवेल कोरोना भाइरस कोभिड(१९) संक्रमण भएको आशंकामा भारतको तेलंगना प्रदेशबाट आएका उनलाई मंगलबार जिल्ला अस्पताल डोटीको आइसोलेसन वार्डमा राखिएको थियो । डोटीबाट स्वाब परीक्षणको लागि पठाइएको यो पहिलो घटना हो ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७६ चैत्र १४

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP