२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026, Tuesday

डोटीका आलेलाई फापेन कैलाली

धनगढी, फागुन २३ गते । पूर्वमन्त्री प्रेम आले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजित हुनु भएको छ । कैलाली क्षेत्र ५ मा उहाँ पराजित हुँदै तेस्रो स्थानमा खुम्चिनु भएको हो ।

 

नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचन लड्नु भएका आलेले सात हजार ८७६ मतका साथ तेस्रो स्थान प्राप्त गर्नुभयो । उहाँको धरौटी भने जोगिएको छ । कुल ६२ हजार १४७ मत सदर भएको क्षेत्र ५ मा उम्मेदवारले जमानत जोगाउन कम्तीमा ६ हजार २१ मत प्राप्त गर्नुपर्ने थियो ।

 

यसअघि संघीय सरकारको मन्त्री भइ सक्नुभएका आलेले डोटीबाट दुई पटक चुनाव जित्नु भएको थियो । यस पटक कैलालीबाट चुनाव लड्नु भएको आलेको पक्षमा सोचेजस्तो नतिजा आएन ।

 

यसैगरी, कैलालीमै चुनाव लडिरहनू भएका दुई पूर्वमन्त्री निकै पछि पर्नुभएको छ । क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री गौरीशङ्कर चौधरी हालसम्मको मत परिणामअनुसार चौथो स्थानमा देखिनु भएको छ । क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री लेखराज भट्ट पनि हालसम्म चार हजार ७२१ मतका साथ तेस्रो स्थानमा रहनुभएको गोरखापत्रमा समाचार छ ।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०८२ फाल्गुन २३

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP