२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

क्वारेन्टाइनमा बसेकाहरुमा स्वास्थ्य सम्स्या छैन

योगेन्द्र वलायर

नेपालमा लकडाउन पछि भारतको सुदुरपश्चिम नाकावाट आएर डोटीका विभिन्न ठाउमा क्वारेन्टाइनमा वसेकाहरुमा आज सम्म कुनै स्वास्थ्य समस्या देखिएको छैन । तीन दिन अगाडी पुगेका यहाँका वासिन्दामा आज सम्म कुनै समस्या नदेखिएको जानकारी आएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले वताए ।

डोटीमा हिजो सम्म आइपुगेका गरी २ सय ७७ जना जिल्लाका विभिन्न १२ स्थानका क्वारेन टाइनमा वसेका छन । डोटीका स्थानियतहले विभिन्न ठाउँमा क्वारेन्टाइनको व्यवस्था गरेरका छन् । दैनिक जसो स्थानिय तहका प्रमुख लगायत स्वास्थ्य कर्मीको टोलीले क्वारेनटाइनमा रहेकाहरुको स्थलगत रुपमै गएर अवस्थाको वारेमा जानकारी लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलाशीले वताए ।

क्वारेन्टाइनमा रहेकाहरुको सम्पूर्ण वन्दोवस्त गरिरको शिखर नगरपालिका डोटीका स्वाश्थ्य संयोजक हरिश शाहले वताए । थप कुनै समस्या देखिए जिल्ला संगको समन्वय अनुसार जिल्लामा चेक जाँचको लागि पठाउने शाहले वताए ।

१४ दिन कोराना भए नभएको परिक्षणको लागि क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा सुरक्षाकर्मीलेसुरक्षा समेत दिरहेका छन । कोराना भाइरस संग प्रतिकार्यका लागि यहाँका स्थानिय सरकारले विपद कोष, हेल्थ डेष्क स्थापना, माष्क वितरण, प्रचार प्रसार लगायत गरिरहेका छन । नेपाली सेना, नेपाल प्रहरीले कोरोनावाट वच्न विभिन्न प्रचार प्रसार, हेल्थ डेष्क लगायतका कार्यक्रम गरिरहेका छन ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७६ चैत्र १४

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP