२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

सुदूरपश्चिममा कांग्रेसले खाता खोल्यो : डोटीबाट भरत बहादुर खड्का विजयी

दिपायल (डोटी), फागुन २३ गते । डोटीमा कांग्रेसका उम्मेदवार भरत बहादुर खड्का प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले १४ हजार ८९७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धि नेकपा एमालेका दीपक धामीले १४ हजार ११० मत प्राप्त गर्नुभएको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकारी एवं सूचना अधिकारी चेत बहादुर बोहराका अनुसार रास्वपाका नरेन्द्र बहादुर खड्काले १३ हजार २७० मत प्राप्त गर्नुभएको छ । अर्का प्रतिद्वन्दी नेकपाका उम्मेदवार त्रिलोचन भट्ट ५ हजार ४१३  मत प्राप्त गर्दै चौथो स्थानमा सीमित रहनु भयो । भट्ट सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री हुनुहुन्छ भने विजयी उम्मेदवार खड्का उहाँकै पालामा निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । खड्का समानुपातिकबाट संविधान सभा सदस्य समेत रहनु भएको थियो ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार पार्टीका केन्द्रीय महासचिव मणिराज भट्ट ‘मनोज” ले  ४१७ मत मात्रै प्राप्त गर्नु भयो । त्यस्तै राप्रपाका उम्मेदवार खडक अग्रवालले ५९४  मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार प्रकाश कठायतले ३९२ मत प्राप्त गर्नु भयो ।

नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खगेन्द्र बहादुर शाहीले ३२ मत प्राप्त गर्दा, मितेरी पार्टी नेपालका उम्मेदवार सरस्वती कुमारी पाल (मल्ल) ले ४३ मत मात्रै प्राप्त गर्नु भयो ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा ९ जनाको उम्मेदवारी परेको थियो ।  एक लाख २८ हजार ३९९ मतदाता रहेको यस क्षेत्रमा ५२ हजार ४८५ जना ले मतदान गर्नु भएको थियो । जुन कुल मतदाता संख्याको ४०.८८ प्रतिशत मात्रै हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा २ हजार ९२० मत बदर भएका छन्।

 

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८२ फाल्गुन २३

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP