२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

डोटी प्रशासनद्वारा निषेधाज्ञा : अत्यावश्यक काम वाहेक बाहिर ननिस्किन अनुरोध

राम बहादुर रावल

डोटी- जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले सोमबार एक सुचना प्रकाशन गर्दै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न चुनौतीपुर्ण भएको भन्दै निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा हस्ताक्षरित सुचनामा सर्बसाधारणलाई अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ । जिल्लामा सभा सम्मेलन, आमसभा, मेलामहोतसव, सेमिनार, गोष्ठि जस्ता कार्यहरु समेत नगर्न भनिएको छ ।

सुचनामा अत्यावस्यक सेवाहरु, भोजनालय, खाध्यान्न, औषधि पसल , अस्पताल, स्वास्थ्य केन्द्र, सरकारी छापा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, मालसामान ढुवानीका साधन, खानेपानी पेट्रोलियम पदार्थको बितरण, बिद्युत सेवा बाहेकका अन्य सेवा, व्यवसाय र स्थलहरु बन्द हुने जनाइएको छ । जिल्लामा चैत्र ११ गते बिहान १० बजेदेखि अर्को आदेश नहुँदा सम्म निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

सुचनामा पछिल्लो समय जिल्लामा भारत लगायत अन्य मुलुकबाट भित्रिनेको संख्यामा बृद्धिभएका कारण विश्वव्यापी फैलँदै गएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिने खतारा रहेको जनाएको छ । यस्तो परिस्थितिलाई तत्काल नियन्त्रणमा लिन नसके उत्पन्न हुने परिस्थिती झनै जटिलतापूर्ण हुने र त्यस्तो अवस्थालाई पुनः नियन्त्रणमा लिन थप कठिनाई हुनसक्ने हुँदा जिल्लामा प्रतिकुल प्रभाव पर्न नदिई जनजीवन सामान्य बनाईराख्न र संक्रमण फैलिन नदिन यस्तो निर्णय लिनुपरेको सुचनामा उल्लेख छ ।

जिल्लामा जुनसुकै अवस्थामा पनि संक्रमण फैलन सक्ने परिस्थितिलाई मध्येनजर गर्दै जनस्वास्थ्यको हित अनुकूल हुने अवस्थाको सिर्जना गर्न सर्वपक्षीय सहयोग र पहलकालागी अनुरोध गरिएको छ । सुचनामा निषेधाज्ञाको उलंघन गरेको पाईएमा कानुन अनुसार कारवाही हुने समेत उल्लेख गरिएको छ ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०७६ चैत्र १०

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP