कोरोना संत्रासका कारण सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली जिल्लाका मुख्य व्यापारिक केन्द्र धनगढी र अत्तरिया बन्द छन् । धनगढी र अत्तरिया बजारमा सोमबार देखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिएका छन् ।
कैलाली उद्योग वाणिज्य संघले आह्वान गरेअनुसार सोमबार बिहानैदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिएका छन् । संघले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिट–१९) को संक्रमण फैलिन नदिन अर्को सूचना जारी नभए सम्मका लागि व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । बजार बन्द गरिएपछि मानिसको आवातजावत घटेको छ ।
आईतबार बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार अत्तरियाका व्यवसायीहरुले पनि बजार बन्द गरेका छन् । कैलालीमा अतिआवश्यक सेवा मुलक खाद्यान्न, होटल, ग्यास र मेडिकलहरु भने सञ्चालनमै रहेका छन्।
महेन्द्रनगर बजार सुनसान
‘लकडाउन’ पछि कञ्चलपुर सदरमुकाम महेनद्र नगर सुनसान भएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार राती १२ बजेदेखि लागु हुनेगरी भीमदत नगरपालिका लकडाउन गरेपछि महेनद्रनगर बजार क्षेत्र सुनसान भएको हो ।
नगरपालिकामा दैनिक उपभोग्यका पसल, राहत उद्दार बाहेक यातायात, सम्पुर्ण बजार, पसल,ब्यवसाय, उद्योग र कलकारखाना बन्द गरिएको छ । महेनद्रनगरमा अतिआवश्यक बाहेक आवातजावत गरिरहेकाहरुलाई पनि प्रहरीले फकाईरहेको छ ।
गौरीफन्टा र गड्डाचौकी नाकाबाट १० बजे सम्म १८ सय जना भित्रिए
कैलालीको गौरीफण्टा गड्डाचौकी नाकाबाट सोमबार बिहान १० बजे सम्म १६ सय जना नेपाल भित्रिएका छन् । कोरोनाका कारण भारत लकडाउन हुँदा बेरोजगार बनेका नेपालीहरु नेपालीहरु स्वदेश फर्किएका हुन् ।
बैदेशीक रोजगारमा भारत गएका अधिकांश नेपालीहरु भारतमा व्यवसायहरु बन्द भएपछि बेरोजगार भयर नेपाल फर्किरहेका छन् भने केही मात्रामा कोरोनाको संत्रासले भारतमा असुरक्षा महशुस गरी स्वदेश फर्किरहेका छन् ।
नाकामा सञ्चालीत हेल्थ डेस्कका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट बिहान ५ बजेदेखि १० बजे सम्म एक हजार पाँच सय जना भित्रिएका छन् । त्यस्तै कञ्चनपुरको गड्डाचौकी सीमा नाकाबाट तीन सय जना नेपाल प्रवेश गरेका छन् । उनीहरु सबैको स्वास्थ्य परिक्षण गरी पठाईएको छ ।
सरकारले आज बिहान १० बजे देखि सीमानाका बन्द गरेपछि सीमावर्ती बजार पुगेकाहरु भारततर्फ फर्किएकाछन् । सोमबार बाट सरकारले भारत र चीनसँग जोडिएका सबै सीमा नाका एक हप्ताका लागि बन्द गरेको छ ।
बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...