डोटी- जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणबाट थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको परीक्षणमा डोटीका ८ जना र अछामका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा एक सय ४९ जनाको थ्रोट स्वाव परीक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार डोटीको केआइसिंह गाउँपालिकाका ६ पुरुष र दुई महिला गरी ८ जना र अछामको चौरपाटी गाउँपालिकाका तीन पुरुष र तुर्माखाद गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...