२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

डोटी अस्पतालको प्रयोगशालामा डोटीका ८ र अछामका ४ जनामा कोरोना संक्रमण पुष्टि

डोटी- जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणबाट थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको परीक्षणमा डोटीका ८ जना र अछामका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एक सय ४९ जनाको थ्रोट स्वाव परीक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार डोटीको केआइसिंह गाउँपालिकाका ६ पुरुष र दुई महिला गरी ८ जना र अछामको चौरपाटी गाउँपालिकाका तीन पुरुष र तुर्माखाद गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ भाद्र २९

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP