२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

सुरक्षित गर्भपतन सेवा र डोटीको वर्तमान अवस्था

दिपा सिंह / उपेन्द्र कुवँर

अहिलेको यस कोरोना माहामारीको समयमा धेरै जसो नेपाली दिदि बहिनीर दाजु भाईहरु घर फर्किएका छन् र फर्किने क्रम पनि अझै जारि नै छ । आजभोलि हामिले गाउँघर तिर हेर्ने हो भने पहिलेको भन्दा गाउँभरी धेरै मनिस देख्छौ । हाम्रा धेरै जसो दिदिबहिनी र दाजुभाईहरु रोजगारीका क्रममा विदेशीने गरेका छन् भन्ने कुरा पनि यो समयले प्रष्ट पारेको छ । यो सँगसँगै कतिपयका श्रीमान्, श्रीमतीघर फर्किएका छन् जस्ले गर्दा परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवाको आवश्यकता पहिलेको भन्दा केहि मात्रामा अहिले बढेको हामीले देख्न सक्छौ ।

यौन् तथा प्रजनन् स्वास्थ्य सेवा डोटी जिल्लामा निरन्तरता, पहुँचयोग्य र सर्बसुलभ बनाउनका लागि प्रत्येक गाउँपालिका तथा नगरपालिकाका स्वास्थ्य संयोजक, जनप्रतिनिधि, स्वास्थ्य कार्यकर्ता, स्वास्थ्य कार्यालय र विभिन्न संघसंस्थाहरु (CDF Nepal,IPAS Nepal,FPAN) यो माहामारीको क्रममा अझै पनि खटिरहेका छन् । कुनै पनि महिला तथा किशोरीहरुले आफुलाई चाहिने प्रजनन् स्वास्थ्य सेवाको पहुँच बाट कुनै पनि कारणले बञ्चित पारिनु हुदैन भन्ने हेतुले यो सेवा सबै सुचिकृत स्वास्थ्य संस्था बाट निरन्तर प्रदान भई राखेको छ ।

नेपाल सरकारले यस माहामारिको समयलाई मध्य नजर गर्दाै प्रजनन्, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाकोलागिअन्तरिम मार्ग निर्देशन निर्माण गरेको छ जस अन्र्तगत परिवार नियोजन र सुरक्षित गर्भपतन सेवा पनि पर्दछ । जस अन्तरगत अन्तरिम मार्ग निर्देशनमा राखिएका केही बुदाहरु :

  1. सबै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, अस्पताल तथा गैर-सरकारी संस्था मार्फत संचालित स्वास्थ्य सेवा केन्द्रहरुले गर्भवती जॉच सेवा, प्रसूति सेवा, उत्तर प्रसुति सेवा (PNC) सुरक्षित गर्भपतन सेवा, परिवार योजना सेवा, बाल स्वास्थ्य तथा नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन (IMNCI),खोप तथा पोषणसम्बन्धी सेवाहरु प्रदान गर्ने ।
  2. सुरक्षित गर्भपतन सम्वन्धि सवै सेवाहरु  (Medical abortion, MVA, second trimester abortion, Post abortion care) तथा गर्भपतन पछिको परिवार नियोजन सेवा नियमित रुपमा सूचीकृत स्वास्थ्य सेवा केन्द्र तथा इजाजत प्राप्त (Certified) सेवा प्रदायकहरुबाट प्रदान गर्ने ।
  3. सूचना तथा जानकारी प्रदान गर्न तथा औषधिबाट गरिने गर्भपतन सहितका सुरक्षित गर्भपतन सेवाहरुको लागि प्रेषण सेवा दिन लागि महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई परिचालन गर्ने ।
  4.  मान्यता प्राप्त गैरसरकारी वा निजी क्षेत्रका तालिम प्राप्त दक्ष सेवाप्रदायकहरु (राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी सस्थाहरुमा कार्यरत औषधिबाट गर्भपतन गराउन तालीम लिएका स्वयंसेवकहरुसहित) बाट औषधिबाट गरिने गर्भपतन सम्वन्धि घरदैलो सेवा दिने ।
  5.  सुरक्षित गर्भपतन सेवाको बारेमा जानकारी, सेवाको उपलब्धता, विकल्पहरु, खानुपर्ने औषधिको विवरण, र जटिलताका लक्षणहरुको बारेमा सूचना तथा जानकारी दिनका लागि डिजिटल तथा कल च्यानल (टेलिफोन) मार्फत् दूरस्वास्थ्य शिक्षा दिने ।Source: RMNCH Guideline 2077

डोटी जिल्लामा सेवाको अवस्था

यसै मार्ग निर्देशनलाई मध्य नजर पार्दै डोटी जिल्लामा सेवा प्रदायक र सुचिकृत स्वास्थ्य संस्थाहरुले यो सेवा निरन्तर प्रदान गर्नका लागि योगदान दिरहेका छन् । यसै क्रममा हेर्ने हो भने यस डोटी जिल्लाको आर्दश गाउँपालिकामा रहेको मौवानगरदह स्वास्थ्यचौकीमा रेर्कड गरिएको तथ्याङ्क अनुसार गत साउन महिनामा मात्रै ४० जना महिला तथा किशोरीहरुले सुरक्षित गर्भपतन सेवा लिएका छन् । मौवानगरदह स्वास्थ्यचौकी बाट सुरक्षित गर्भपतन सेवा २०७२ साल मंसिर ८ गते बाट सुचारु भएको हो । करिब ५ बर्षको अन्तरालमा यो तथ्याङ्क हेर्ने हो भने यस सँस्था बाट १ महिनाको अवधीमा सुरक्षितग र्भपतन सेवा दिइएको अहिले सम्मकै धेरै हो । साधारणतया महिनामा ८, १० जनाले सेवा लिने गर्थे भने गत महिनामा सेवा लिनेको संख्या एकै चोटी बढेको हो ।

त्यस संस्थाका सेवा प्रदायक भन्छिन्,“यो संस्था सुचिकिृत हुनु भन्दा अगाडि मैले धेरै महिलाहरुको असुरक्षित गर्भपतन बाट भएको जटिल्तालाई उपचार गरेको थिए साथै पहिले कतिपय महिलाहरुले काठले घोचेर गर्भ तुहाउने क्रममा काठ त्याहि अडकेर म काहांनै उपचार गर्न आएका पनि केश थिए र अहिले र्हेने हो भने त्यस्ता केशहरु छैन्न् साथै असुरक्षित तरिकाले मेडिकल, फार्मेसिहरु बाट औषधि खाने र गर्भपतन गराउने चलन अझैपनि रहेको छ तर पहिले भन्दा कम मात्रामा त्यस्ता केशहरु भेटिने गर्छन् ।”

उनका अनुसार, त्यी ४० जना सेवा लिन आएका महिलाहरु आर्दश संगसंगै सायल गाउँपालिकाका पनि रहेका छन् जो यस गाउँपालिका सगै जोडिएको छ । मौवानगरदह स्वास्थ्य चौकी आर्दश गाउँपालिकामा रहेको एउटा मात्र सुरक्षित गर्भपतन सेवा सुचिकृत स्वास्थ्य चौकी हो ।सुरक्षित गर्भपतन सेवा लिइसके पश्चात्त ति ४० जना महिलाहरुलाई परिवार नियोजन साधन सम्बन्धि सेवा प्रदायकले परार्मश गरेर ति मध्य फेरी पनि अनिश्चित गर्भ नरहोस भन्नका लागि परिवार नियोजन साधनहरु मध्ये १० जनाले इम्प्लान्ट लगाए भने २ ले पिल्स र बाँकी सबैले डिपो साधन प्रयोग गरेका छन् । गाउँपालिकाका स्वास्थ्य ईकाइ प्रमख भन्छन् ,“यो संख्या बढनुको मुख्य कारण भनेको अहिलेको लकडाउन को परिस्तिथिले गर्दा मानिसहरु परिवार नियोजन सेवा लिन स्वास्थ्य संस्थामा आउन डराइरहेका छन् जसले गर्दा धेरै दम्पतिको अनिशिचत गर्भ रहन गयो र सुरक्षित गर्भपतन सेवा लिनेको संख्या पनि बढयो ।” सुरक्षित गर्भपतन सेवालाई नेपाल सरकारले २०५९ सालमा कानूनि मान्यता दिएको थियो सोहि अनुसार अहिलेको कानूनि प्राबधान हेर्ने हो भने १२ हप्ता सम्मको गर्भ महिलाको मञ्जुरिनामा लिई सुचिकृत स्वास्थ्य संस्थामागराउन सकिने व्यवस्था नेपाल सरकारले गरेको छ ।

स्वास्थ्य कार्यलय, डोटीका अनुसारगत बर्ष २०७६/२०७७ मा सुरक्षित गर्भपतन सेवा लिने मध्य CAC सेवा १०३१ र PAC सेवा ९६ जानाले लिएका छन् । ति मध्ये ७९% ले सेवा पश्चात परिवार नियोजन अपनाएका छन् । त्यसै गरि यस डोटी जिल्लामा सुरक्षित गर्भपतन सेवा पाइने सरकारी सुचिकिृतस्वास्थ्य संस्थाहरु हाललाई जम्मा १८ वटा रहेका छन् भने ति बाहेक FPAN, शैलेशवरी अस्पतालले पनि सेवा प्रदान गर्दै आइरहेको छ ।

हरेक दम्पतिको सबै भन्दा पहिलो प्रथमिकता परिवार नियोजनको साधन हुनुर्पदछ, सकेसम्म कुनै पनि महिला र किशोरिहरुले सुरक्षित गर्भपतन सेवा लिनै नपरोस यदि केही गरी त्यस्तो परिस्तिथि र्सिजना भईहाल्यो भने त्यसलाई सुरक्षितर विस्वासका साथ सेवा लिन सक्ने वातावरण हामी सबैले निर्माण गरौ ।

लेखक जनस्वास्थ्यकर्मी हुन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ भाद्र १९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP