२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

कोरोना महामारी र अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक, आर्थिक, शैक्षिक अवस्थाको एक विश्लेषण

मान बहादुर साउद

विश्व अहिलेको आधुनिकीकरणबाट वातावरण प्रदुषण हुन गइरहेको छ । युरोप महादेशको बेलायत बाट औधोगीक क्रान्तीको शुरुवात भएर आज विश्व औधोगीक विकासस हुनु एक सबल पक्ष भए पनि उधोग बाट उत्पन्न प्रदुषण बाट पु¥याउने हानिकारक प्रदुषणले वायु मण्डललाई पुस माघकोतुसारो झै ढपक्क ढाक्दै गएको छ । यस्ले प्राकृतिक स्वरुपमा असर पार्री मानव जिवनमा समेत दृर्घकालिन असर पर्न गएको छ ।यसलाई समयमै नियन्त्रण गर्नऔधोगीक राष्ट्रले सोच्ने बेला भएको छ । अर्को तर्फ विकसीत देशमा आधुनिक जिवन जिउने तरीका,तनाव जन्य वातावरण,अव्यवस्थीत शहरिकरण,तिव्र आणविक हतियारको होडबाजी परीक्षण बाट निस्केको हानिकारक धुलो धुवाले वातावरण लाई प्रदुषित बनाइ महामारी जन्य भाइरस उत्पन्न गराउदै आएको छ ।

अल्वर्ट आइन्सटाइनले आविष्कार गरेको आणविक हतियारको कारणले सन १९४५मा द्रोस्रो विश्व युद्दमा जापानको हिरोसीमा र नागासाकीमा एटोम बमको प्रहारले शुन्दर सहर मरुभुमीमा परिणत भएकोसवैमा अवगत नै छ । त्योती बेलाको विश्व युद्दमा मरेका मानिसहरुको हाराहारीमाअहिले कोरोना भाईरसको कारणले मृत्यु हुन गइरहेको छ । यो पनि एक किसिमको विश्व युद्द नै हो । त्योती बेलाको विश्व युद्दमा कुनै पनि राष्ट्र अछुतो हुन सकेन । अहिले पनि कोरोना महामारीको शुष्म लडाइले सबै राष्ट्रहरु आक्रान्त बन्दै गएका छन । विश्वमा आज विज्ञान प्रविधिको विकासको तिव्र होडबाजी चलिरहेको बेला प्रविधिको विकास संगै विनास लाइ पनि निम्त्याउदै गएको छ ।आधुनिक शक्तिशाली विकसीत राष्टहरुले प्रकृति माथी दमन गर्दै आएको छ । यसरी प्रकृती लाई आफनो नियन्त्रणमा ल्याउने प्रयासले यो अवस्था सृजना भएको विज्ञहरुको भनाई छ । अझै पनि भयानक अवस्था सृजना हुने अनुमान गरिएको छ । दार्शनिक रुसले भनेका छन “प्रकृतीलाई जस्तो छ तेस्तै छोडनु पर्छ । प्रकृतिलाई आफनो बसमा राख्नखोज्यो भने पक्कै पनि यस्ले विनास ल्याउदछ । प्रकृति आफैमा शक्शिाली छ यसलाई वर्तमान प्रविधिले कदापि जित्न सक्दैन बरु उल्टै प्रकृतिले आपसेआफ आफनो बहन क्षमतालाई नियन्त्रण भने पक्कै गर्ने छ ।” दिन प्रति दिनको तिव्र जन्संख्या वृद्दि,प्रकृति माथिको होड बाजीले गर्दा कोरोना जस्ता महामारी, जलवायु परिवर्तन,ओजोन तहको विनास,ह्रित गृहको प्रभाव,बाढी पहिरो, भुकम्प,सुख्खा खडेरी जस्ता प्राकृितक प्रकोपहरु मानव सृजित हुदै गइरहेका छन ।पुस्तौ पुस्ता देखी धर्मशास्त्रमा अडिएको धार्मिक देश नेपालमा धर्मशास्त्रको सदाचारको गृहस्तिले पालना गर्नु पर्नेनियम अनुसार कोही संग अंकमाल नगर्नु,ृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृहात नमिलाउनु,जुत्ता चप्पल फुकालेर,हात खुटा धोएर मात्र घर भित्र पस्नुहाम्रो परम्परादेखी चलिआएको संस्कार हो । जुन संस्कारको आज धज्जी उडाउदा कोरोनाले फेरी त्योही संस्कारलाईजोडन खोजीरहेको छ । अहिले समाज आफनो परम्परालाई त्यागेर आधुनिकतामा हावि भइरहेको छ ।

आधुनिक समाजमा रासायनिक मल, विषादी राखेका केमिकल जन्य मिसावट युक्त,गुणस्तरहीन पलास्टीकमा प्याकगरेका,रोगसंग लडन सक्ने शक्ति नभएका खानेकुराहरु खाइरहेका बेला कोरोनाले भने नया पाठ सिकाएको छ । आफनो देशकोसनातन धर्म संस्कृती लाई विर्सेर विकसीत देशको जिवनशैली संस्कार र संस्कृतिको नक्कल गर्नुको सट्टा विकसीत देशका राम्रा पक्ष अंगाली स्वदेशमा लागु गर्नु उत्तम हुन्छ होला । विकशित देशका मानिसको जिवनशैलीको नक्कल गरिरहदा शौचालयमा गयर, खाना खाएर हात हात धुनुको सटटा टिस्यु पेपरको प्रयोग गर्नु कतीको राम्रो हुन्छ होला । अर्काको फोहोर हातसंग हात मिलाउनु साच्चै राम्रो हो त अझै हाम्रो समाजमा यसको सटटा आफनो पवित्र हात आफैले जोडन लाज मान्नु, हातमा हात मिलाउदा ,अंकमाल गर्दा,चुम्मन गर्दा भए नभएको रोग सार्ने काम लाई आधुनिक सम्झीने प्रकृयाले गर्दा हाम्रो पुर्खाले अंगााल्दै आएको संस्कृतिकोनत जर्गेना नै हुन्छ नत हामी विभिन्न किसीमका रोग हरु बाट अछुतो नै रहन सक्दछौ । यो सबैले बुझन र मनन गर्नै पर्दछ । जीवनमा स्वास्थ्य भन्दा ठुलो धन अर्को केही छैन ।डिसेम्वर १९,२०१९ मा साउथ चाइनाको wuhan शहर बाट उत्पती भएको यो कोरोना भाइरस लाइ कोभिड १९वा नोभेल कोरोना भाइरस पनि भनिएको छ । सन् २००२/२००३ मा चाइनामा sars को रुपमा देखीएको थियो । अहिलेवैज्ञानीक हरुले कोरोना भाइरसलाइ sars–covid २ को संंकेत दिएको छ । यो भाइरस पशुपंछी र जनावर बाट मानिसमा सारिएको जनाएको छ । अहिले कोरोना महामारीले गर्दा संसार नै स्तम्भ छ । सर्वत्र कोरोना पछिको नया विश्वकोअनुहार कस्तो हुन्छ भनेर चर्चा चलिरहेको छ ।

संसारका दर्जनौ देशहरुमा कोरोनाले आक्रमक पार्दै आइरहेको बेलानेपाललाई पनी यसले अछुतो राखेन । नेपालमा पनी २०७६ चैत्र ११ गते देखी शैक्षीक संस्था लगायत निरन्तर रुपमा बन्दछन । जस्ले एसईई परीक्षा , कक्षा ११ र १२ को परीक्षा सहित शैक्षिक शत्र २०७७ र मानीसहरुको सामाजीक, आर्थीक अवस्थालाइ समेत नराम्ररी प्रभावीत पार्दै गएको छ ।यस्को साथै हाम्रो समाजमा रहेका गरीव, असहाय, पुर्ण रुपमा अशक्तर अति अशक्त अपाङ्गता भएकाहरुलाई भने निकै असर पारेको छ । पुर्ण अशक्त अपाङ्गता (क वर्ग) भन्नाले आफनो दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तररुपमा अरुको सहयोग लिदा पनि कठिनाइ हुने अवस्थाकाव्याक्तिहरु यस वर्ग भित्र पर्दछ ।जस्तै ः तिव्र रुपमा वौद्दिकता भएका व्यक्तिहरु,पुर्ण रुपमा श्रवण दृष्टिविहिन व्यक्तिहरु,अरुको सहारा लिएर पनि दैनिक जिवन सम्पादन गर्न नस्क्ने अवस्थाका बहुअपाङ्गता भएका व्यक्तिहरु हुन । अति अशक्त अपाङ्गता (ख वर्ग) भन्नाले वैयतिक क्रियाकलाप सम्पादन गर्न तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर रुपमा अरुको सहयोग लिनु पर्ने अवस्थाका व्यक्तिहरु यस वर्ग भित्र पर्दछन । जस्तै दुवै हातको पाखुरा मुनी नभएका वा नचल्ने व्यक्त्हिरु,दुवै खुटटा पुर्ण रुपमा क्रियाशिल नभई वैशाखी प्रयोग गर्ने,कम्मर भन्दा मुनी नचल्ने ह्विलचियर प्रयोग गर्ने व्यक्तिहरु, पुर्ण दृष्टिविहिन व्यक्तिहरु, दुवै कान नसुन्ने बहिरा व्यक्तिहरु,स्पाइनल ईन्जुरी भएका व्यक्तिहरु अर्थात निरन्तर रुपमा अरुको सहयोग लिइरहनु पर्ने व्यक्तिहरु अति अशक्त वर्गमा पर्दछन । यीमाथि उल्लेखीत वर्गले कोरोनाका कारण समयमा औषधी उपचार पाएनन्, सहायक सामाग्री पायनन्, अपाङ्गता मैत्रीसुचना समेत पाउन सकेन्न,दुर दरारमा रहेकाहरुले राहत पाउन सकेनन्, ।बढदै गएको कोरोना संक्रमणले मानिसको दैनीक जिवनका साथै शिक्षा क्षेत्रमा ठुलो प्रभाव पारेको छ । जसका कारणले ज्यानै जोगाउन गारो भएकोअवस्था छ भने थुप्रै सांग र अपाङ्गता भएका बालबालिकाहरुको भविष्य पनि अन्धकारमा रुमलिएको छ । यस लाइ मध्यनजर गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १८ गते वैकल्पीक प्रणालीबाट विधार्थीको सिकाइ सहजिकरण निर्देशिका २०७७ जारी गरी अषाढ १ बाट अनिवार्य रुपमा कार्यान्वयन गर्ने गरी सिकाइ प्रविधि बाट अनलाइन तथा टेलिभिजनको माध्याम बाट कक्षा १ देखी १० सम्म पढाउने व्यवस्था ग¥यो तर अपाङ्गता भएका , गरिब, दुर दरारमा रहेका वालवालीकाहरुको पहुचमा टेलीभिजन, ईन्टरनेट,रेडीयो, विजुली बत्ति ,ल्यापटप, कम्प्युटर,टच मोबाइल नै छैन,प्रयाप्त मात्रामा इन्टरनेटको सुविधा नै छैन, इन्टरनेटको व्यवस्था भए पनि सर्व सुलभ, सवै वर्गले डाटा खरिद गर्न सक्ने क्षमता छैन । यस प्रति सरकाको ध्यान जावस । सरकाले जारी गरेको वैकल्पीक प्रणालीमा दोभासे तथा सांकेतिक भाषाको व्यवस्था नभएको र ब्रेलमा सिकाइ नै नभएकाले देशभर ७०,२२५ जना अपाङ्गता भएका बालबालिकाहरुको भविष्य अन्यौलमा परेको छ ।

सरकारले वैक्लपीक प्रणालीबाट विधार्थीको सिकाइ निर्देशिका ल्यायता पनि उक्त निर्देशिका अपाङ्गता मैत्री बन्न नसकेको अवस्था छ ।त्यसैले सरकारले ल्याएको निर्देशिका २०७७ चाडो भन्दा चाडो संशोधन होस । सबै मैत्री निर्देशिका आवस । अपाङ्गता भएका बालबालिकाहरुको साथै गरिब, मजदुर,किसान ,सवै वर्ग ,सवै जाती ,दुर दरारमा रहेका सबै वालवालीकाको पहुच पुग्ने, आवाज विहिनहरुको आवाजलाई सहयोग पुग्ने गरी,कुनै विधार्थीलाई पनी डिप्रेसन नहुनेगरी,आत्म हत्या गर्न बाट सतर्क हुनेगरी सरकारले वैक्लपीक शिक्षा प्रणालिको विकास गर्नु वर्तमान आवश्यकता रहेको छ ।नीतिमा अपाङ्गता भएका व्यक्तिहरुको,पिछडीएका अल्पसंख्यक वालवालीकाहरुको शिक्षामा सहज पहुच पु¥याइनेछ वा हुनेछ भनेर विभिन्न नीतिगत व्यवस्थाहरु रहेका छन । नेपालको संविधान २०७२को धारा ३१ को उपधारा ३ मा शिक्षा सम्वन्धी हक अन्र्तगत अपाङ्गता भएका र आर्थिक रुपले विपन्न नागरीकलाइकानुन बमोजिम निशुल्क र सहज रुपले शिक्षा पाउने हक हुनेछ भनी उल्लेख छ । यसैगरी धारा ३१ को उप धारा ४ मा दृष्टिविहिनहरुका लागी ब्रेललिपी र दुवै कान नसुन्ने बहिराको हकमा सांकेतिक भाषाको माध्याम बाट कानुन बमोजिम निशुल्क शिक्षा पाउने हक हुनेछ भनी उल्लेख गरीएको छ । त्यसै गरी राष्टिय शिक्षा नीति २०७६ मा पनी अपाङ्गता भएका व्यक्तिहरुका शिक्षाका सवालहरु प्रष्ट रुपमा उल्लेखीत छन ।

अपाङ्गता भएकाव् यक्तिहरुको अधिकार सम्वन्धी महासन्धीको धारा २४ मा शिक्षाको हकको व्यवस्था गरिएको छ । यसै गरी अपाङ्गता अधिकार ऐन २०७४ को धारा२३ मा विधार्थीहरुको शिक्षामा पहुच अभिवृद्दि गर्ने व्यवस्था छ तर वास्तविक अपाङ्गता भएका बालबालिकाहरुको शिक्षाप््रााप्त गर्ने अधिकारको सुनिश्चितका लागी सरकारले पहल गर्न जरुरी छ । वर्तमान अवस्थामा नीति एकातिर छ भने कायान्वयन पक्ष अर्को तिर छ । बनेका नीति नियमहरुको प्रभावकारीरुपमा कार्यान्वयन गर्नु सरकारको दायित्व र जिम्मेवारी पनि हो । तर यो हुन नस्कनुले बनेका नीति नियम कानुन ओझेलमा पर्दै गएका छन । यसरी समग्ररुपमा हाम्रो देशको शैक्षिक अवस्थालाई मध्यनजर गर्दा शिक्षामा राज्यको लगानी,शैक्षिक गुणस्तर,शिक्षा प्रति राज्यले दिएको प्राथमिकता लगायत विविध विषयमा प्रश्न उठान हुनु स्वभाविक हो ।

यति बेला कोरोना महामारी दिन प्रति दिन बढदै जानुले शिक्षा क्षेत्रमा पारेको प्रभावलाइ सरकारले व्यवस्थापन गर्ने कुरामा ठोस निर्णय लिन सकेको अवस्था भने छैन ।कोरोना महामारीको बिचमा पनि कतिपय देशले विधाालयहरु संचालनमा ल्यायका छन जस मध्येडेनमार्क पनि एक हो । डेनमार्क सरकारले अभिभावक,स्थानीय सरकार , विधालय प्रशासनको पुर्ण निगरानीमा वालवालीकाहरुलाई सुरक्षाको प्रत्याभुती गरायर सार्वजनीक शिक्षा लाई कसरी गुणस्तरीय शिक्षा जनताको पहुँच सम्मपु¥याउने भन्ने विषयमा राज्यले शिक्षामा प्रसस्त लगानी गरेको छ । त्यस लगानीको उच्चतम र प्रभावकारी कार्यान्वयन पनि गर्दै आएको छ । शैक्षिक लगानी अन्र्तगत उर्पयुक्त र प्रयाप्त भौतिक सुबिधा,योग्य,दक्ष र पेशा प्रति प्रतिवद्द शिक्षक,स्वस्थ विधार्थी, राम्रा मात्र नभइ जिवनउपयोगी र सबै मैत्रीपाठ्यक्रम,पाठ्यपुस्तक,उर्पयुक्त , सरल र कम खर्चिला शैक्षिक सामाग्री ,अनुकुल शिक्षा नीती नियम,कानुन जस्ता पक्षहरुमा सुधार गर्न सकेमा पक्कै पनी समावेशी , समतामुलक र गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने कुरामा भने दुईमत छैन । यसमा सरोकारवाला निकाय, बौद्घिक जमात,राजनितिक दल,तिनैतहका सरकार जवाफदेही हुन अतीआवश्यक देखिन्छ । दिन प्रतिदिनको बढदो कोरोना कहर,कोरोना कहरका कारण देश लकडाउन र निषेधआज्ञाको भुमरीमा नराम्ररी फस्दैछ । यस्ले देशको अर्थतन्त्रलाई त डामाडोल पा¥यो नै यसको साथै बालबालिकाहरुको भविष्य समेत अन्यौलमा पार्दै गइरहेको छ । यसका कारण देश दश बर्ष पछाडि धकेलिने अवस्था समेत देखीएको छ । आज शैक्षिक शत्र शुरुभएको चार महिना विती सकेर पाचौ महिनामा प्रवेश हुदा पनि कोरोनाको कहर झन झन बढदै गएको छ । यस्तै हो भने यस वर्षको शैक्षिक शत्र यस्तै वित्ने लक्षण देखीएकोहुदा वालवाकिाहरुको भविष्यमाथी प्रश्न वाचक चिन्ह खडाभएको छ ।

स्थानिय सरकार,प्रदेश सरकार र संघिय सरकारले बालबालिकाहरुको भविष्य लाइ मध्यनजर गर्दै सवै वालवालीका मैत्री, दुर्गम ग्रामिण क्षेत्रलाई प्राथमिकतामा राखी दुर सञ्चार प्राधिकरणले घरघरमै इन्टरनेटको सर्व सुलभ र प्रभावकारी ढंगले सबैको पहुच पुग्नेगरी, सकभर सरकाले लक्षित, सिमान्तकृत,पहुचविहिन वर्ग पहिचान गरी उनीहरुका लागी विशेष प्याकेज अनुदानको व्यवस्थापन गरी, सबै मैत्री डिजिटलाइजेसन हुने गरी वैक्लपीक शिक्षा प्रणाली लगायत अन्य विकल्प समयमै खोज्न र प्रभावकारी व्यवस्थापन गर्न अति आवश्यक छ । अहिले कोरोनाका कारण आधा विश्व आ आपmनो देशमा घर भित्रै बसेको अवस्था छ । बढदै गएको बन्दा बन्दी र निषेध आज्ञाका कारण जनजिवन र अर्थतन्त्र निकै प्रभावित बन्दै गएको छ । सायद मलाइ लाग्छ कोरोनाले गर्दा धेरै जन्ता नेपाल भित्रिएका छन । यती बेला सरकारले (जन्ता) युवालाई प्रभाव पार्ने खालका स्वदेशमै केही गर्नुपर्छ भन्ने तर्फ उत्पे्ररित गर्ने गरी स्वरोजगारमुलक कार्यक्रमहरुको प्याकेज निर्माण गर्न सके निकै प्रभावकारी हुने थियो । चुनौतीका पछाडी अवशर पनी हुन्छ । यसलाई सरकारले चुनौतीका साथै एक महत्वपुर्ण अवशरको रुपमा लिन पनि सक्नु पर्दछ । यती बेला चीन, युके,रसिया लगायतका देशहरुले कोरोनाको खोप तथा भ्याक्सीन उत्पादन गरेर परिक्षणका लागि प्रतिस्पर्धा चलिरहेको अवगत नै होला । कोरोना बढदै गइरहेको बेलामा नेपालले पनि यी देशहरु संग समन्वय गरी अन्तराष्ट्रिय मापदण्ड अनुसार,स्वास्थ्य परिषद बाट लार्ज स्केलमा अनुसन्धान गरी जुगर वर्ग, विल क्लिन्टन ,नेपालका ठुल ठुला कम्पनी र डोनर एजेन्सी संग समन्वय सहकार्य गरी कोरोना भ्यान्सीनको तत्काल खोजिनिति गर्ने बेला पनि आएको छ । यती बेला कोरोना संग लापरवाही गर्ने हो भने यस्को विकल्प समयमै नखोज्नेहो भने देशमा भयानक समस्या नआउला भन्न सकिदैन ।देशमा ठुलो संकट भने पक्कै सृजना हुने छ । यसले मानव जनजिवन प्रभावित पार्नुको साथै शिक्षा , स्वास्थ्य, रोजगार , सामाजिक, आर्थिक, राजनीतिक पक्षमा असर पार्ने र नराम्रा गतिविधि बढदै जानुले देश नराम्ररी चंगुलमा फस्ने छ ।

तसर्थ यस प्रति सरकार,राजनीतिकदल,सरोकारवाला निकाय, बुद्घिजिवी, सवै नागरीकले समयमै सचेत भइ कोरोना महामारी संग लडेर देशको अस्तीत्व जोगाउन अति आवश्यक छ । यसैमा सबैको हित र कल्याण हुनेछ । घरमै सुरक्षित बसौ, भिडभाडमा नजाउ, जानै परे सफा मास्क र सेनिटाइजरको प्रयोग गरौ, सफा साबुन पानीले हात धोउ, हल्का व्यायाम गरौ, कोरोना वृद्घवृद्घा, दृर्घरोगी,वालवालिका, प्रतिरोधात्मक क्षमता कमजोर भएका लाई मात्र लाग्ने, बलियो ,युवा ,जवान, निरोगी लाई कोरोना लाग्दैन भन्ने आत्म घमण्ड र हल्लाको भरमा नलागौ, स्वास्थ्य जिवनको महत्वपुर्ण धन हो । रिमोट हाम्रै हातमा छ । दुर्पयोग नगर्नु होला । सकेजति ईम्युनिटी बढाउने ताजा खाना खाउ,रेडियो समाचार सुनौ, पहुच हुनेले टेलीभिजन हेरौ,अनलाइन पत्रपत्रिका पढौ, अनलाइन भच्युअल कक्षा, मोटिभेसनल, बौद्घिक, सिपमुलक, प्रविधिमुलक,रोजगारमुलक तालिममा सहभागी भई ज्ञान आर्जन गरौ । अमुल्य समय खेर नफालौ । समयको सदुपयोग गरौ । यसले हामी सबैलाई फाइदा नै गर्ने छ ।

मान बहादुर साउद
विशेष आवश्यकता शिक्षा (एम.एड) तेस्रो सेमिस्टर
शुदूर पश्चिम विश्व विद्यालय,महेन्द्रनगर, कञ्चनपुर

Related News

माघे सग्राँती (मकर सङ्क्रान्ति)
माघे सग्राँती (मकर सङ्क्रान्ति)
  • २०७७ भाद्र ८

भक्त बहादुर बलायरप्रथम प्रकाशित मिती: २०७८ पुस २३पुनः प्रकाशित मिति...

TOP