२०८१ बैशाख २३, आईतवार
May 5, 2024, Sunday

चुनावमा पैसा बाँड्नेलाई नियन्त्रणमा लिने सुरक्षाकर्मीको उच्च मूल्यांकन हुन्छ : गृहमन्त्री लामिछाने


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले चुनावको बेला पैसा बाँड्न हिडेकालाई नियन्त्रणमा लिने सुरक्षाकर्मीकोे उच्च मूल्यांकन हुने उनले बताए । उनले इलाममा भएको चुनावी सभालाई सम्बोधन गर्दै मौन अवधिलाई मनी अवधि बनाउने ब्यक्तिहरुलाई नियन्त्रणमा लिए पुरस्कृत गर्ने बताएका हुन् ।

गृहमन्त्री लामिछानेले मौन अवधिको समयमा आर्थिक चलखेल नगर्न अन्य दललाई चेतावनी दिएका छन् । निर्वाचन आचार संहिताको पालना गर्न लामिछानेले सबै दलहरुलाई आग्रह गरे । यस अबधिमा आचार संहिता उल्लंघन गरेको पाईए कानुनको दायरामा ल्याउने चेतावनी दिए ।

‘मौन अवधि भनेको मनि अवधि भएको कुरा तपाईहरुले सुन्नुभएको छ होला,’ गृहमन्त्री लामिछानेले भने,‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको प्रयोग नगरोस् ।’

वैशाख १५ गते बझाङ क्षेत्र नं. १ ‘क’ मा प्रदेश सभाको लागि र इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाको लागि उपनिर्वाचन हुँदैछ । सो उपनिर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ ।

Related News

इडिभी २०२५ को नतिजा सार्वजनिक,  यसरी सकिन्छ हेर्न (भिडियो सहित)
इडिभी २०२५ को नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न (भिडियो सहित)
  • २०८१ बैशाख १२

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्वजनिक गरिएको छ...

TOP