२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday

माघे सग्राँती (मकर सङ्क्रान्ति)

भक्त बहादुर बलायर
प्रथम प्रकाशित मिती: २०७८ पुस २३
पुनः प्रकाशित मिति : २०७९ पुस ३० / २०८० माघ १

मकर सङ्क्रान्ति माघको पहिलो दिन पर्छ ।
पुण्य खातिर श्रृद्वालुले नदी स्नान गर्छ ।।
सङ्क्रान्तिको अर्थ हुन्छ ठाउँवाट सर्नु ।
सुर्यले एक राशी छोडी अर्को प्रवेश गर्नु ।।
धनुबाट मकरामा सुर्य प्रवेश हुन्छन ।
मकर सङ्क्रान्ति भनि त्यसैलाई भन्छन ।।
६ महिना सुर्यले दक्षिण कर्क भोग गर्छन ।
६ महिना उत्तरायण भोग गर्न सर्छन ।।
मकर सङ्क्रान्ति सवले धुमधाम मान्छन ।
स्नान दान पूजा गर्न नदी किनार जान्छन ।।
कतै पौषको मसान्तको रातै नदी जान्छन ।
पकवान पकाई लगि बाँडीचुडी खान्छन ।।
विहानै झिसमिसे न्वाउँछन् डुवुल्की मारेर ।
श्रद्वाले डुवुल्की लाउँछन जुम्ला हात पारेर ।।
डोटीमा गहनान जान्छन पौष मसान्तीमा ।
विहानै स्नान गर्छ माघे सङ्क्रान्तिमा ।।
डडेल्धुरा डोटी बझाङ गहनान आउँछन ।
नर–नारी छुट्टा छुट्टै डेउडा खेल लाउँछन ।।
डेउडा खेल्छन देउगडामा दोहरी लाग्दछन् ।
धमारी खेल्नेले छुट्टै वरदान माग्दछन ।।
गहनान भेटौं भनि छोरी बेटी आउँछन ।
दुःख पोख्छन आँसु बगाई जब सङ्नी पाउँछन ।।
घाँटीमा अंगालो हाली डाको छोडी रुन्छन ।
आफुले भोगेका दुःख सङ्नीलाई भन्छन ।।
कुनै हाँस्छन खित्का छोडी कुनै साह्रै रुन्छन ।
आँसु बगाई रुँदा कुनै अलि हल्का हुन्छन ।।
आ– आफ्ना नजिकका नदी स्नान गर्न जान्छन ।
पुजा आजा दान गर्छन गंगा माता ठान्छन ।।
नदी किनार सङ्क्रान्तिमा नुहाउनेको ताँती ।
नदीमा न्वाएका कति जलेको भाँती ।।
सबैका मनमा श्रृद्वा वातावरण न्यारो ।
विहानको झुल्के घाम सबलाई लाग्छ प्यारो ।।
मकर राशीमा प्रवेश प्रकाशको प्रवेश ।
अन्धकार माथिको जीत शितको निषेध ।।
प्रकाशको अँध्यारो माथि घामको शितमा ।
मानव प्रफुल्ल हुन्छन प्रकाशको जीतमा ।।
असारको महिना देखि रात वढन थाल्छन् ।
सुर्यले विस्तारै आफ्नो कदम छिटो चाल्छन् ।।
मकर सङ्क्रान्तिवाट शीत चिसो घट्छन ।
रात घट्छ चिसो घट्छ घाम दिन वढ्छन ।।
माघको सङ्क्रान्ति ठूलो महत्व मान्दछन ।
नदी स्नान पुजापाठ कर्तव्य ठान्दछन ।।
देवकीले मनमा सोचिन मकरव्रत लिन ।
कृष्णलाई पाउन व्रत बसिन यसै दिन ।।
पौराण्कि कथा उल्लेख उनको व्रत वारे ।
विष्णु नै कृष्णको अवतार व्रत सफल पारे ।।
कृपाचार्य ऋषि पत्नि कृषी व्रत बसिन ।
दुर्वासाको आज्ञामानी वस्ने सुर कसिन ।।
पुराणमा उल्लेख छ इच्छित वर पाईने ।
व्रत वसे तिनै लोक यश किर्ति छाइने ।।
सर्वत्र मनाउँछन उत्सव नेपाल भारत भरि ।
उत्सव मनाउँछन सबै घुमघाम गरि ।।
थारु माघि तराई लिला सङ्क्रान्ति मनाउँछन ।
पकवान नाच गान भक्तिभाव जनाउँछन ।।
नयाँ अन्न चावल दाल थारुले पकाउँछन ।
पकवान पर्वमा सबै अन्न भोग लगाउँछन ।।
सबै पकवान सुर्यलाई अपर्ण गर्दछन ।
नदी किनार नाचगान त्यही मेला भर्दछन ।।
तराईमा तिल गुडको लड्डु अन्य परिकार ।
घीउ लड्डु मिठा पकवान ख्वाउँछन परिवार ।।
पहाडमा कन्दमुल सखरखण्ड तौड ।
अनेक पकवान पकाई खान्छन ख्वाउँछन और ।।
फुलौरा फापरको पिठो सेलरोटीहरु ।
ताले माणा माडेरोट निस्ससे र अरु ।।
मिल्दछ पौष्टिक तत्व गुड तरुलवाट ।
सबैले स्नान गर्छन नदी किनार घाट ।।
खिचडी घीउ चाकु तिलको लड्डु तरुल खान्छन ।
ज्वाई छोरीलाई निम्ता दिन्छन त्यार मान्न जान्छन ।।
ज्वाई छोरीलाई मिठा पकवान कन्दमुलहरु ।
सवै मिलि त्यार मान्छन घरमा हुने अरु ।।
सबैले नुहाउँछन माघको सङ्क्रान्तिको दिन ।
वाघ पनि नुहाउँछ भन्छन सायद पुण्य लिन ।।
दीर्घायु सुस्वास्थ्य पुण्य तिर्थमा आउनाले ।
पाप नास हुने विश्वास नदीमा न्वाउँनाले ।।
मानसिक शाररिक पवित्रता देखाउँछन ।
माघमा स्नान गर्दा सब पाप भगाउँछन ।।
माघे त्यार छोरी बेटी तेरमाणो पाउँदी छिन ।
छोरी वेटी माईती घर त्यार मान्न आउँदी छिन ।।
एक गते नआउन सक्ने छोरीबेटीलाई ।
माईतीले त्यारमाडो दिन्छन उन्कै घर गई ।।
वुढीमान्छे माईतीघर नआउन सक्नेलाई ।
त्यारमाणो पु-याउन आउँछन माईती आफै आई ।।
यो त्यारलाई चेलीबेटी तिहार मान्दछन ।
छोरीलाई त्यारमाणो दिन कर्तव्य ठान्दछन ।।
माईतीवाट आउने पकवान आफन्त वाडिन्छ ।
माघे त्यार छोरी वेटी तिहार जानिन्छ ।।
आपसमा गाउँमा वाँड्दा सदभाव वढदछ ।
अगाडी मनमुटाव भए त्यो पनि घटदछ ।।
आपसमा प्रेम बढ्छ बोलाचाली खुल्छन ।
अगाडि भएका तितापिरा सबै भुल्छन ।।
जति वुढी भएपनि तेरेमाणो पाउँछन ।
तेरे माणो पु¥याउनेलाई खसि काटी स्वाउँछन ।।
पु¥याउनेले फर्कि आउँदा फिला बोकी आउँछन ।
पकाई घरमा आफ्ना नजिकका स्वाउँछन ।।
सद्भावको मिलापको चेलीवेटी त्यार ।
रिसराग बैरभाव मेटीई वढ्छ प्यार ।।
वनमा वगाउँछिन आँसु माईती नहुनेले ।
तिनलाई पनि पु¥याउँछन नजिकका हुनेले ।।
दाजुभाइ नहुनेका वहिनी घरमा रुन्छन ।
माघ लागे माईती सम्झी साह्रै दुःखित हुन्छन ।।
माईती हुने नहुनेले सबैले पाउँदिछिन ।
तरुनी जवान छोरी आपैm माइत आउँछिन ।।
माघको महिना भरि चेली त्यार मनाउँछन ।
सबैले छोरीलाई दिन पकवान बनाउँछन ।।
बाटो भरि रंगीचङ्गी माइती घर जाने ।
गाउँ गाउँमा कोसेली पाक्ने सबले खान पाउने ।।
जसकी छोरी ढिला आँउछिन आमा बाटो हेरि ।
हर्षले बगाउँछन आँसु छोरी आउँदा खेरी ।।
प्राण छन्जेल छोरी बेटी तेर माणो पाइरहन्छन ।
हातखुट्टा चलुन्जेल सम्म त्यार मान्न आईरहन्छन ।।
धार्मिक महत्व ठूलो मकर सङ्क्रान्तिको ।
पापनष्ट धर्मवृद्वि आभास शान्तिको ।।
यहि दिन भगवान विष्णु धर्तीमा आउनु भो ।
सगर पुत्र साठी हजार मुक्तिपथ पाउनु भो ।।
सगरका साठी हजार सन्तान तडपेका ।
स्वर्ग जाने बाटो नपाई धर्तीमा भड्केका ।।
साठी हजार छोरा पायो सगरले जादुले ।
कसरी सम्पूर्ण भष्म गरेको साधुले ।।
भगिरथले गंगा धर्ती तारण गर्न ल्याए ।
सगरका सन्तान सबले मुक्तिपथ पाए ।।
जादुवाट सगरका साठी हजार पुत्र ।
छोरा नै सैनिक पार्ने सगरको सुत्र ।।
साठी हजार पुत्र बने सगरका सैनिक ।
कसरी त्रिलोक जित्ने सोच्दैथ्यो दैनिक ।।
एउटा घोडा तयार पारे स्वर्गलाई जित्नलाई ।
त्यो घोडा चोरेर लगे इन्द्र स्वयं आई ।।
घोडा चोरी देवराजले पाताललोक लगे ।
ऋषिका आश्रम वाँधी आफु सुट्ट भागे ।।
ऋषि त ध्यानमा थिए क्वै पत्तो पाएनन ।
घोडाको रेखदेख गर्न कोही पनि आएनन ।।
सगरले घोडा नपाई छोरा खोज्न लायो ।
वाँधेको ऋषिको आश्रम घोडालाई पायो ।।
ऋषिले चोरेको ठानि अपमान गरे ।
अवाच्य दुर्वाच्य बोल्दै ऋषि तिर सरे ।।
ऋषिलाई जथाभावी गालीगलोज गरे ।
ऋषिले चोरेको भन्ने विश्वासमा परे ।।
गाली गर्दै हल्ला गर्दै ऋषि नजिक गए ।
ऋषिले उघार्दा आँखा सबै भष्म भए ।।
हजार वर्ष वन्द आँखा खोल्दा अग्नि आयो ।
साठी हजार एकै चोटी क्रोधाग्निले खायो ।।
साठी हजार भष्म भए ऋषि आँखा खोल्दा ।
ऋषिको क्रोधाग्नि वड्यो जथाभावी बोल्दा ।।
ऋषिको क्रोधले भष्म सवै भूत भए ।
पाएनन कसैले मुक्ति सबै तडपि रहे ।।
भूत भई यता उता सबै तड्पि रहे ।
मुक्ति नपाई दुःखकष्ट घामपानी सहन्थ्ये ।।
त्यहि वेला यौटा राक्षस उटपटयाङ गर्दथ्यो ।
मानिसलाई दुःख दिई खुव मख्ख पर्दथ्यो ।।
उसले सोच्यो कति मात्र मानिसलाई दुःख दिने ।
मनमा निश्चय ग¥यो नविन कार्य लिने ।।
स्वर्ग जाने वाटो सबलाई आर्यमा देखाउँथ्ये ।
आत्मालाई स्वर्गमा जान आर्यमा लगाउँथ्ये ।।
सबैका पुर्खाका देउता ती वाटो देखाउने ।
सबैलाई स्वर्गमा जाने वाटोमा लगाउने ।।
आर्यमालाँई वन्दी बनाई राक्षसले पक्रि ।
सकेन देखाउन मार्ग राक्षस कैदमा कक्रि ।।
कति मान्छे दुःख दिने आत्मा दिन्छु ठान्यो ।
आर्यामालाई कैद गर्न उचित कार्य मान्यो ।।
स्वर्ग जाने वाटो नपाई आत्मा दुःख पाउँथ्ये ।
खुसीले राक्षस मस्त अठ्ठा हाँस लाउँथ्यो ।।
स्वर्ग जान नपाई आत्मा यताउता घुम्थ्ये ।
आत्माको देखेर दुःख राक्षस निकै रम्थ्ये ।।
सगरका साठी हजार पुत्र पनि रहे ।
इता उता भडकि रहे सबै भूत भए ।।
सगरका अर्का पुत्र अंशुमानले अनि ।
अनेक प्रयत्न गरे मुक्ति दिन्छु भनि ।।
अंशुमान थकित भए तारण भएन ।
आत्मा तडपि भौतारिय स्वर्गमा गएनन् ।।
अंशुमानका पुत्र दिलीप तिन्ले प्रयास गरे ।
तिन्को पनि क्यैन चल्यो असफल परे ।।
आर्यमा पुर्खाका देउता वन्दि भए देखि ।
सबै आत्मा तडपि रहे राक्षस गथ्र्यो सेखी ।।
ती आत्मा तार्नलाई गंगा अवश्य चाहिने ।
सानो तिनको परिश्रमले कसरी पाईने ।।
स्वर्गमा भएकी गंगा यतै ल्याउन थियो ।
दिलीप पुत्र भगिरथले पुरा अठोट लियो ।।
ब्रह्माको तपस्या गरे ब्रह्मा खुशी भए ।
बरमाग दिन्छु भनि उन्का सामु गए ।।
गंगालाई पृथ्वी, पाताल जाने माग राखे ।
गंगालाई धर्तीमा जान ब्रह्मा भन्न लागे ।।
सक्दिन्न पृथ्वी मेरो वेगलाई थाम्न ।
थाल्ने छे पृथ्वी आपैm वेगको भारले काम्न ।।
पृथ्वीमा धाजा फाटला ठूलो खाडल पर्लान ।
वेगको प्रवाहमा परि कति जन्तु मर्लान ।।
भगिरथले शिवजीको आराधाना गरे ।
आफ्नो जटा खोली दिन शिवका शरण परे ।।
गंगालाई जटामा थामि एकातिर बगाई ।
पृथ्वी पाताल जान गंगालाई लगाई ।।
शिवजीले जटाखोली शिरमा थामि दिए ।
एकतिरको जटा खोली तल बग्न दिए ।।
गंगाको अविरल धारा प्रवाहित भए ।
भगिरथ गंगाजीका अधि अधि गए ।।
कपिल मुनिका आश्रम जव गंगा पुगिन ।
स्निग्ध सरल मोहक सगरलाई देखिन ।।
अशान्त दुःखित सगर नजिक पुग्दा देखिन ।
मनमोहक सरल व्यक्ति किन व्यथित सोधिन ।।
किन हो अधैर्य मन सरल व्यक्तिको ।
मनमोहक मुख मलिन अगाध शक्तिको ।।
हे गंगे मलाई मेरा साठी हजार छोराको ।
चिन्ताले सताई रैछ त्यो दशा होराको ।।
खै छोरा गंगाले सोधिन् कहाँ छन तिनी ।
सगरले उत्तर दिए मरि गए भनी ।।
गंगाले अच्चम मानिन मरे भन्दा सुनी ।
मरिसके चिन्ता मुक्त दुःखी किन तिमी ।।
अचम्मित गंगा बोलिन मृत्यु चिन्ता मुक्त ।
मृत्यु पार्छ चिन्ता अन्त्य किन चिन्ता युक्त ।।
के रह्यो चिन्ताको कुरा मृत्यु पछि पनि ।
त्यस्ता सौम्य मनमोहक किन चिन्तित वनि ।।
मेरा छोरा मुक्ति नपाई सबै तडपि रैछन ।
नपाई मुक्तिको पथ भूत पिचास भैरैछन ।।
कसरी पाएनन मुक्ति गंगाजीले सोधिन ।
तड्पनाको मुख्य जरो गंगाजीले खोजिन ।।
सगरलाई सबै कुरा थाह पत्तो थिएन ।
छोराको चिन्ताले उनलाई सुख शान्ति दिएन ।।
अनौठो कुरालाई सुनि गंगा चिन्ता परिन ।
गंगाले श्रीहरि सम्झि आराधाना गरिन ।।
विष्णुको प्रार्थना गरि विष्णु खुशी भए ।
गंगालाई वरमाग भनि समिपमा गए ।।
सगरका छोराको आत्मा यसै धर्ती तडपि ।
तारण नहुँदा सबै यताउता भडकि ।।
मुक्तिको उपाय के छ साठी हजार तर्ने ।
कसरी तर्दछन अरु यस्तो दशा पर्ने ।।
गंगाको पुकार सुनि विष्णुजीले बोले ।
धर्तीमा आएको भ¥याङ देखाई गुह्य खोले ।।
स्वर्गवाट गंगा किनार धर्तीमा आएको ।
भ¥याङ देखाई भने उद्वेश्य ल्याएको ।।
ती सबैको पुजा आजा अर्चना गरेर ।
त्यहि भ¥याङको बाटो गरि जानेछन तरेर ।।
सुनको भ¥याङ थियो विष्णुले आएको ।
सगरका सन्तानले तारण पाएको ।।
माघको पहिलो दिन हो श्री हरि आएको ।
अतृप्त तडपेका आत्मा मुक्ति पथ पाएको ।।
स्वर्गवाट सवै देउता माघ पहिलो दिन ।
धर्तीमा गंगाका किनार पुग्छन एकै छिन ।।
मकर संक्रान्ति सबै देउताहरु आई ।
मुक्तिको सव मार्ग भन्छन सवै गंगालाई ।।
जनविश्वास प्रगाढ छ देउता आउँछन भन्ने ।
गंगा स्नान दान पुजा पाप रहित बन्ने ।।
सुर्यको उदय विन्दु दक्षिणवाट सर्छ ।
धनुवाट मकरमा सुर्य प्रवेश गर्छ ।।
रात घट्छ जाडो घट्छ दिन वढ्दै जान्छन ।
मकर सङ्क्रान्ति ठूलो पुण्य दिन मान्छन् ।।
स्वस्थानीको व्रत पुजा माघको महिना ।
बसन्त पंचमी राग सरस्वती महिमा ।।
धर्मिमास माघमास तिर्थव्रत गर्ने ।
तिर्थ स्नान धेरै गर्छन नजिकमा पर्ने ।।
दमाईले वसन्त राग पंचमीमा गाउँछन ।
गाउँको पटकानी गाउँछन अनाज पैसा पाउँछन् ।।
जउका जमरा दिन्छन घर घर गई ।
अनाज रुपैंया पाउँछन प्रफुल्लित भई ।।
पशुपंछि प्रकृतिको पुजा आजा गर्छन ।
हाम्रो विश्वास चाडपर्व वैज्ञानिक पर्छन ।।

Related News

सुदूरपश्चिम प्रदेश सभा बैठक फेरी अनिश्चित
सुदूरपश्चिम प्रदेश सभा बैठक फेरी अनिश्चित
  • २०८० माघ १

दिपायल– सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिवेशनको ११ औं बैठक अनिश्चित...

TOP