
गुरुलाई ब्रह्मा मान्छन गुरु विष्णु महेश्वर ।
गुरु साक्षात परब्रह्म कोटी प्रणाम हे ईश्वर ।।
गुरुको दरकार सबलाई देव मानव दानव ।
गुरुको दरकार बढि हामी सबै मानव ।।
वसिष्ठ र विश्वामित्र रामका गुरु थिए ।
राम लक्ष्मण चारै भाइलाई पूर्ण ज्ञान दिए ।।
महर्षि संदिपन श्री कृष्णाका गुरु ।
सम्पूर्ण शास्त्रको ज्ञान सिके कलाहरु ।।
संदिपनका छोरा डुवी समुन्द्रमा मरे ।
गुरुको दक्षीणा वापत छोरा जीवित गरे ।।
विवेकानन्दका गुरु रामकृष्ण परम ।
रामकृष्ण परम हंस जान्थे कर्म धरम ।।
शुुक्राचार्य असुर गुरु बृहस्पती देवका ।
ज्ञानको ज्योतिलाई बाल्ने गुरु हुन सबका ।।
सुर्यपुत्र कर्ण वीरका गुरु परशुराम ।
अर्जुन जस्तै वीर कर्ण सबले सुने नाम ।।
घर पहिलो पाठशाला माता पिता गुरु ।
बच्चाको ज्ञानको शिक्षा घरबाट सुरु ।।
गुरु विना ज्ञान हुन्न ज्ञान विना सुन्य ।
गुरुको शरण बाहेक बाटो छैन अन्य ।।
गुरुको पूर्णिमा भन्छन आषाढको पूर्णिमा ।
व्यासको पूर्णिमा मान्छन जानेर गरिमा ।।
चारै वेद महाभारतका रचैता व्यसजी ।
व्यासको पूजन गर्छन ज्ञानको आस लिई ।।
वेदको प्रथम ज्ञान व्यासजीले दिए ।
आषाढ पूर्णिमा दिनमा व्यासले जन्म लिए ।।
गुरुमा प्रथम गुरु व्यासजीलाई ठान्छन् ।
विश्वका सम्पूर्ण हिन्दु व्यास गुरु मान्छन् ।।
आषाढ पूर्णिमा पर्व व्यासको पुजा गर्छन ।
आदर सम्मान गरि गुरुको चरण पर्छन ।।
गुरुको आर्शिवादले व्यक्ति सफल हुन्छन ।
सबैले आ— आफ्ना गुरुको निहुरी चरण छुन्छन ।।
व्यासजी विष्णु अंश सबैजना मान्छन ।
सत्यनारायण कथा लगाई विष्णु मन्दिर जान्छन ।।
जसका गुरु जीवित छन् उनको पुजा गर्नु ।
ब्रह्मलिन गुरु भए फोटो चरण पर्नु ।।
गुरुलाई दक्षिणा वस्त्र फलपूmल दिन्छन ।
गुरुको चरण ढोगी आशीर्वाद लिन्छन ।।
झुकेर प्रणाम गर्नु आदर सत्कार गर्नु ।
गुरुका पाउमा छोई उनको चरण पर्नु ।।
गुरुलाई दक्षिणा नदिई ज्ञान अल्प हुन्छ ।
गुरुको बेवास्ता गरे नरक भोगी बन्छ ।।
समीप नभए गुरु फोटो पुजन गर्नु ।
दक्षिणा फलपूmल चढाई फोटो शरण पर्नु ।।
झुकेर प्रणाम गर्नु अभिमान रहित ।
गुरुको चरण ढोग्नु श्रद्वा भक्ति सहित ।।
बढि भन्दा बढि कृपा गुरुबाट पाउनु ।
गुरुको सम्मान साथ गुरुको ध्यान लाउनु ।।
जत्रो भाँडो उत्रै पानी कुवाबाट आउँछ ।
गुरुमा जत्तिको श्रद्वा उत्रै ज्ञान पाउँछ ।।
गुरुको अर्थ अन्धकारबाट प्रकाशमा ल्याउने ।
गुरुको सम्मान गर्दा असिम ज्ञान पाउने ।।
गुरु बिना परम ज्ञान मोक्ष प्राप्त हुन्न ।
अन्धकार जीवन बन्छ प्रकाशले छुन्न ।।
गायत्री मन्त्र दिने गुरु मन्मा लिन्छन ।
व्रह्मलिन गुरु भए पिण्ड दान दिन्छन ।।
गुरु पर्व मनाउनाको मुख्य कारण के हो ?
भगवान विष्णुको अंश वेद व्यास जो हो ।।
विष्णुको पाएर अंश व्यास धर्ति आए ।
विष्णुको भएर अंश यत्रो सम्मान पाए ।।
परासर ऋषि पिता माता सत्यवति ।
बालकालै वेदव्यास अध्यात्मिक अति ।।
अध्यात्मिक ज्ञान खातिर तपमा जान्छु भने ।
माता पिता अचम्मित जब त्यस्तो सुने ।।
पाउँदैनौ वनमा जान आमा भन्न लागिन ।
वेदव्यास ढिपी गथ्र्ये सम्झाउन थाकिन ।।
घर आउन मन लागे ढोका खुला पाउँछौ ।
अझै भन्छु नजाउ बाबु किन ढिपी लाउँछौ ।।
आशीर्वाद लिई गए माता पिता ढोगी ।
आमाले विदाई गरिन आँखा आँसु रोकि ।।
वेदव्यास वनमा गई कठोर तप गरे ।
भगवानको दर्शन पाई उनको चरण परे ।।
संस्कृत भाषाको ज्ञान भगवानले दिए ।
व्यासले अठार पुराण तवै रचि लिए ।।
प्रथम वेदको ज्ञान मानवलाई दिए ।
मानवका प्रथम गुरु उनले पद लिए ।।
व्यासले जन्मेको दिनलाई गुरु पर्व माने ।
मानवका प्रथम गुरु सबै जनले जाने ।।
आषाढ पूर्णिमा पर्व गुरु पुजा गरे ।
धन धान्य प्राप्त गरि पूर्ण सुखमा परे ।।
कुण्डलीमा गुरु कमजोर हुनेहरु सबै ।
पुजा गरे ज्ञान पाउँछन् दुःखी हुन्न कवै ।।
आर्थिक सम्पन्न बन्छ वैभव जीवन पाउँछ ।
घरमा लक्ष्मीको वास सुख शान्ति छाउँछ ।।
गुरुको दक्षिणा बारे एउटा अर्को कथा ।
सबैले बुझेका छन एकलव्यको व्यथा ।।
एकलव्यका पिता भन्थे परिश्रम गरे ।
अथक परिश्रमले सबै अघि परे ।।
अठोट मनमा लिई परिश्रम गरे ।
ईच्छित लक्ष्यमा पुगि प्रथम स्थानमा परे ।।
चाहेको ठाउँमा पुग्छन ईच्छा पुरा हुन्छ ।
तँ चिता पु¥याउँछु मैले गीता यही भन्छ ।।
एकलव्य धर्नुविद्या सिक्न तिव्र भए ।
धर्नुविद्या सिक्न उनी द्रोण कुटी गए ।।
राजाका पुत्रलाई मात्र द्रोण शिक्षा दिन्थे ।
एकलव्य सामान्यलाई उनी कहाँ लिन्थे ।।
एकलव्य घरमा आए निरास भएर ।
पितालाई सुनाए सबै समीपमा गएर ।।
पिता भन्थे हरेस नखाउ इच्छा भए बाटो ।
सिक्ने इच्छा पुरा होला आउला उनको साटो ।।
आउँदैनन् साक्षात भगवान मुर्ति राखि पुज्छौं ।
भगवान सफल पार्छन हामी सबै बुझ्छौ ।।
द्रोणको वनाई मुर्ति अभ्यास गर्न थाले ।
एकाग्र भई अभ्यास गर्न वनमा डेरा हाले ।।
एकलव्य अठोटका साथ अभ्यासमा जुटे ।
गुरुको फोटोमा विश्वास मनमा भाव फुटे ।।
गुरुको प्रेरणा सम्झि धनुषवाण छोडथ्ये ।
राखेको निसाना साधी निसानालाई फोडथ्ये ।।
एकलव्य धनुर्विद्या पारंगत भए ।
निसाना अचुक बन्थ्यो अभ्यास गर्दै गए ।।
कुकुरको आवाज सुनि निसाना लगाउँथ्ये ।
वाण माथि वाण थपि विश्वास जगाउँथ्ये ।।
द्रोणाचार्य शिष्यसँग वनमा घुम्दै आए ।
आवाजले निसाना लाउने एउटा युवक पाए ।।
कुकुरको मुखमा वाण द्रोणाचार्य वाल्ल ।
झुक्न छोडयो मुखमा वाण सबै परे टवाल्ल ।।
कसरी गर्दछौं यस्तो द्रोण आई सोधे ।
को हुन गुरु कता सिक्यौ तथ्य बुझ्न खोजे ।।
एकलव्य चरण परे गुरु भनि बोले ।
मुर्ति बनाई अभ्यास गरे सबै तथ्य खोले ।।
द्रोण बोले गुरु मान्यौ दक्षिणा गुरुलाई ।
मुर्ति थापी अभ्यास ग¥यौ जंगलमा आई ।।
एकलव्य खुसी भए शिष्य भनि बोल्दा ।
सबै जना चकित परे वास्तविकता खोल्दा ।।
एकलव्य अर्जुन भन्दा निकै निपुण भए ।
एकलव्यको कुरा सुन्दा मुखमा हेरि रहे ।।
द्रोणले दक्षिणा मागे दाहिने हातको औंला ।
औंला काटि मलाई देउ तव शिष्य होउला ।।
दाहिने हातको औला काटि गुरु चरण राख्यो ।
गुरुवाट एकलव्यले आर्शिवाद माग्यो ।।
द्रोणाचार्य खुसि भए औंला काटी लिदा ।
एकलव्य द्रोणका शिष्य औंला भेटी दिदा ।।
अर्जुन बन्छन सर्वश्रेष्ठ द्रोण खुसि भए ।
पाण्डव कौरव शिष्य साथ द्रोण कुटी गए ।।
बत्तिस पूर्ण मासिकको ब्रत कथा
द्वापरमा यशोदामाले श्री कृष्णालाई सोधिन् ।
सौभाग्य अटल राख्ने ब्रत जान्न खोजिन् ।।
सौभाग्य अटल राख्ने कुन हो ब्रत त्यस्तो ।
नपरोस मनमा भय विधवा हुने जस्तो ।।
असल प्रश्न सोध्नु भयो सबैलाई काम लाग्ने ।
अटल सौभाग्य हुने मनको डर भाग्ने ।।
बत्तिस पूर्ण मासिक ब्रत सौभाग्य बचाउने ।
शिवमा वढाई भक्ति जीवन सजाउने ।।
मृग्युलोकमा कस्ले ग¥यो पूर्ण मासिक ब्रत ।
विधि विधान पुजा गर्ने केही छन कि सर्त ।।
मणिरत्न बैभावशाली कार्तिका नगर थियो ।
त्यस राज्यको राज्यभार चन्द्रहारले लियो ।।
धनेश्वर ब्राहमण त्यहि नगरमा थिए ।
सन्तान प्राप्तिको लागि धेरै दान दिए ।।
ब्राहमणी रुपवति शीलवती थिइन ।
सन्तान प्राप्तिको लागि कति व्रत लिइन ।।
एक दिन त्यसै शहर एउटा योगी आए ।
धनेश्वरले योगीलाई नदी किनार पाए ।।
योगीलाई प्रणाम गरि श्रद्वा भक्ति गरे ।
आफ्नो पुकार सुनाउन उनको चरण परे ।।
योगीले ब्राहमण सोधे मलिन मुख लायौ ।
सन्तान प्राप्तिको लागि मलाई सोध्न आयौ ।।
अन्तरयामी योगीनाथ मेरो पिडा त्यो हो ।
सन्तान प्राप्तिको मेरो अब वाटो के हो ?
योगीले उपाय भने चण्डी पुजा गर ।
अटल भक्तिका साथ उनकै भर पर ।।
विदा भई धनेश्वर आफ्ना घर गए ।
श्रीमतीलाई सबै भनी तपमा जाने भए ।।
चण्डीको उपवास गरि चण्डी खुसी भईन ।
सोहौं दिन सपनामा चण्डी सन्मुख गईन ।।
पुत्र पाउँछौ धनेश्वर तिमी घरमा जाउ ।
तिमीले वरदान पायौ अव खाना खाउ ।।
तिम्रो पुत्र सोह्रवर्ष मात्र बाँच्न सक्छन ।
सोह्र वर्ष पुग्दा साथ काल टिपि लग्छन ।।
बत्तिस पूर्ण मासिक व्रत ग¥यौ भने ।
सन्तान पाउँछ पूर्ण आयू दीर्धजीवी बने ।।
भोलि तिमी यसै ठाउँमा आँपको रुख पाउँछौ ।
आँप टिपी श्रीमतीलाई जव फल ख्वाउँछौ ।।
सन्तान अवश्य होला फल ख्वायौ भने ।
व्रतको प्रभावबाट दीर्घजीवी हुने ।।
न्वाइ धोई सूर्य दर्शन गरी आँप खानू ।
वेलपाती लगेर तिमी शिव मन्दिर जानू ।।
तिम्रो पुत्र दीर्घजीवी हुने कुरा सुन ।
बत्तिस पूर्ण मासिक ब्रत गर्नु भन ।।
असार पूर्णिमा देखि वत्तिस पूर्णमासिक ।
बत्तिस व्रत पूरा गर्नु श्रद्वाभाव भासित ।।
भोलि पल्ट फल देख्यो आँपको रुखमा ।
हृदय गद्गद् भयो खुसीयाली मुखमा ।।
फल टिप्न गाह्रो थियो गणेश कृपा भयो ।
आँप टिपी धनेश्वर आफ्नो घर गयो ।।
चण्डीले भनेको विधि जव आँप ख्वायो ।
श्रीमतीको मुख मण्डल भिन्नै चमक आयो ।।
समयमा छोरा पायो खुसियाली भयो ।
सोह्र वर्ष आयू भन्ने मनमा चिन्ता रहयो ।।
पठायो काशीमा पुत्र विद्या आर्जन गर्न ।
के हुन्छ पुत्रलाई भनि लागे निकै डर्न ।।
बत्तिस पूर्ण मासिक ब्रत श्रद्वा साथ गरे ।
शिवमा अगाध श्रद्वा शिवको भर परे ।।
देवी दास पढदै गयो सोह्र वर्ष भयो ।
कालले प्रेरित गरि सर्प डस्न गयो ।।
सकेन सर्पले डस्न विष चारै तिर ।
विषको भडकियो ज्वाला पुग्यो देवी निर ।।
बत्तिस पूर्ण मासिक ब्रत माता पिता गर्दा ।
सकेन सर्पले मार्न त्यति विष छर्दा ।।
मध्यकालमा काल आपैm देवी लग्न गए ।
कालले समात्दा घाँटी देवी बेहोस भए ।।
देवीदास भुईमा लडे मुर्छित परेर ।
देवीदास अचेतन थिए कालले गरेर ।।
त्यसै बाटो शिवशक्ति काशी भ्रमण आए ।
देवी दास भुईमा लडी पूर्ण मुर्छित पाए ।।
शिव पार्वती समीप आए देवी दास मुर्छा ।
घरमा वुढा मातापिता देवी दासको सुर्ता ।।
पार्वतीले विन्ति गरिन बचाउ प्रभु यसलाई ।
यसै छोडे केहि पलमा कालले लग्छ त्यसलाई ।।
मातापिता ब्रत गरे बत्तिस पूर्ण मासिक ।
श्रद्वा साथ पूर्ण गरे शिवकै मन्त्र भासित ।।
शिवले बचाउनु भयो देवी दास उठे ।
माता पिता भेटन जाने तयारीमा जुटे ।।
मामा पुगे खवर बुझ्न सोह्र वर्ष पुग्दा ।
भान्जेलाई अँगालो हाले भानिज ढोग्न खोज्दा ।।
व्रतका प्रभाववाट देवी दास बाँचे ।
टोलभरि खुशीयाली खुशी साथ नाचे ।।
बत्तिस पूर्णिमा ब्रत अति प्रभावशाली ।
यो व्रतलाई पुरा गर्ने बन्छन भाग्यशाली ।।
अटल सौभाग्य बन्छ धनधान्य आउँछ ।
देह त्यागी शिव लोक बास गर्न पाउँछ ।।
पूर्णिमाको दिनमा यस्लाई पढने सुन्ने पनि ।
शिवले आशिष दिन्छन प्रिय भक्त भनि ।।
व्रत गरौ कथा सुनौँ अरुलाई सुनाऔं ।
श्रद्वा साथ भक्ति गरि यो पर्व मनाऔं ।।
व्रतको महत्व ठुलो शरिर मनको ।
व्रत बस्दा स्वस्थ्य जीवन रोग जान्छ तनको ।।
मन शरीर शुद्ध हुन्छ उपवास बस्दा ।
बलियो भएर जान्छन पाचन शक्ति जस्ता ।।
संयमित मन हुन्छ मन अति स्वच्छ ।
मनमस्तिक दृढ भई मानिस पुग्छ लक्ष्य ।।
भगवानको भक्तितिर मन जब जान्छ ।
भगवानको विच भक्त आपूmलाई ठान्छ ।।
तपस्याको प्रतिक मान्छन व्रत पालन गर्दा ।
मनमा साहस बढ्छ संकटमा पर्दा ।।
भगवानको समीप ठान्छ व्रत बस्दा खेरी ।
मानिस धार्मिक बन्छ सबै कार्य हेरी ।।
आन्तरिक शक्ति जागरुक व्रतको प्रभाव ।
सात्विक भावना जाग्रत मेटिन्छन कुभाव ।।
हप्ताको एक दिन सबले व्रत वस्नु पर्छ ।
जठराग्नि मजवुत मन शान्त गर्छ ।।
व्रत बसँौ धर्म गर्न शरीर स्वस्थ राख्न ।
नपैसा खर्चनु पर्छ नत डाक्टर डाक्न ।।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...