२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

देशमा भईरहेको अराजकता

धनुष बोगटी

वर्तमान अवस्था हेर्ने हो भने विश्व कोरोना भाइरस बाट बिचल्लीत भएको छ । चिनको वुहान शहर बाट आएको यो भाइरस अहिले विश्वको २०० भन्दा बढी रास्ट्रहरुमा फैलिएको छ । त्यसमा नेपाल पनि एक रास्ट्र हो । हाल नेपालमा कोरोना भाइरसको मात्र समस्या नभएर सिमाना बिबाद र नेपाल सरकारले देश र जनता माथी गरेको अराजकताले गर्दा नेपाली जनतामा एक किसिमको अशान्ति र सुखमय व्यबस्था नभएको शासन पनि देखीएको छ । 

करिब दुई बर्ष अगाडि आएको यो कम्युनिस्ट सरकार माथी अहिले देश बिदेशका नेपाली जनताहरु माथी भारी परेको पाइन्छ । जब यो सरकार देशमा आयो त्यसको लागि के.पि. शर्मा ओलि प्रधानमन्त्री जस्तो पदमा नियुक्त हुनु भएको थियो । सुरु सुरुमा यो सरकारले देशका जनताहरुलाइ दिएका झुटा भाषण अहिले त्यही सरकार माथी नै भारी परेका छन । देशका करोडौं नेपाली जनतालाइ लाग्छ यो सरकार यस भन्दा अगाडि आएका सरकार मध्ये धेरै आलोचनामा आइरहेको छ । यो भन्दा अगाडि पनि धेरै सरकार गठन भए तर यो सरकार जति दुख दिने सरकार अहिले सम्म आएको थिएन । अहिले नेपालमा कोरोनाको समस्या बाट लाखौ करोडौं देश बिदेशना बस्ने नेपालीहरु दाजुभाइ तथा दिदिबहिनी यो रोग बाट गुज्रिरहेका छन । गत बर्ष चैत्र १० गते बाट नेपालमा लकडाउन सुरु गरिएको थियो त्यति बेला देखिनै शैक्षिक संस्था, औद्योगिक कलकारखाना र मजदुरहरुले गर्ने काम आदि ठप्प भएका छ्न । जब नेपालमा कलकारखाना हरु बन्द भए ती बिचरा मजदुरहरुलाइ जसले दिनभरी काम गरेर साझको छाक टारि रहेका हुन्छन । ती मजदुरहरु अहिले आएर भोकभोकै मरिरहेका छन । सम्माननिय प्रधानमन्त्री ज्युले भन्नू भएको थियो अहिले सम्म हामिले ८० करोड बराबरको राहत बाडी सकेउ भनेर । खोइत ती मजदुर किसानहरुलाइ राहत जसले एक छाक टार्नलाइ दिनभरी काम गर्नु पर्छ ।

कहाँ गयो त्यो ८० करोड रुपया सम्माननिय प्रधानमन्त्री ज्यु ? बिचरा ती मजदुर एक छाक खाना नपाएर बिष खाएर मरि रहेका छन । तपाइले भाषण गर्दा चुटकिला शैलिमा ठूलो ठूलो भाषण गर्नुहुन्छ खैत देशमा शान्ती व्यवस्था, शासन व्यवस्था, निती नियम कहाँ गए ती चुटकिला शैलिका भाषण । देशका करोडौं जनताहरु राहत नपाएर मरिरहेका छन । अनि हाम्रा सम्माननीय अर्थमन्त्री डाक्टर युबराज खतिवडा भन्नुहुन्छ यदि बढी राहत चाहियो भने बढी कर तिर्नु पर्छ । हामिले यो भन्दा अगाडि कर तिरेका थियनौ ? आजभन्दा अगाडि तिरेको करले तपाइहरुको सुरक्षा, बिदेश भ्रमण र खान लाउन मा ठिक्क हुन्छ । अब हामिले राहत पाउनको लागि राहतको पनि कर तिर्नुपर्ने कस्तो शासन व्यवस्था हो । देशमा आएको यो भाइरसलाई निर्मुल पार्नको सट्टा तपाईंहरु अहिले आफ्नो कुर्चिको बचाउमा हुनु हुन्छ । जसको कारणले देशको अर्थतन्त्र चलीराछ उहाहरुको बारेमा चिन्ता छैन । हाम्रा नेपाली दाजुभाइहरु आफ्नो परिवारलाई सुख, शान्ति र आफ्ना छोराछोरीहरुलाइ राम्रो शिक्षा मिलोस भनेर भारत वा अन्य देशमा गएर रातदिन पसिना बगाइरहेका हुन्छन । त्यही पसिना बगाएको पैसाले नै हाम्रो देश नेपालको अर्थतन्त्र चलिरहेको छ । अहिले धेरै जस्तो दाजुभाइहरु बाहिरी देशमा खान र बस्न नपाएर अलपत्र हुनु हुन्छ । भारतमा काम गर्दै आइरहेका नेपाली दाजुभाइहरु खान र बस्न नपाएर भोक भिकै मरि रहेका छन । सरकार तेरो ध्यान कुर्ची बचाउनमा । वर्षेे पिच्छे भारतले गर्दै आइरहेको सिमा अतिक्रमणको विषयमा तपाइहरुको ध्यान किन जादैन । केही दिन अगाडि बर्दी लगायका नेपाल प्रहरि माथि चिनियाँ बासिन्दाहरुले गरेको हातहपाइ र दुर्व्यवहार मा खैत ध्यान गएको ।

अनि तपाईं भन्नू हुन्छ हामि नेपाल लाई स्विजरल्यान्ड बनाउछौ भनेर । हामिलाइ नेपाल स्विजरल्यान्ड जस्तो हैन हामिलाइ पहिलेकै शान्ती र अहिसा नेपाल चाहीएको छ । देशमा दिनप्रतिदिन हिसा र बलात्कारि जस्ता क्रीयाकलाप बढ्दै आइरहेका छन । सम्माननिय प्रधानमन्त्री ज्यु चुटकिला शैलिमा भाषण दिए जस्तो नगर्नुहोस । यदि यस्तो गर्दै जानुभयो भने तपाइलाइ भोलि नेपालीले जुत्ताको माला लगायर रोडमा उतार्ने छन । देशमा गणतन्त्र, लोकतन्त्र आएको बर्सौ बित्दा पनि अहिले सम्म देशका जनताहरुले आफ्ना मौलिक हक हरु राम्रो सग पाएका छैनन । तपाईं भन्नुहुन्छ देशमा शान्ती सुव्यवस्था ल्याउछु खैत ल्याउछु भन्दा भन्दा तपाईंको कार्यकालको ५ वर्षको अढाइ वर्ष बिति सक्दा पनि शान्ती सुव्यवस्था ल्याउन सक्नु भएन । यदि तपाईं आफ्नो सरकारलाइ बर्सेनि सम्म टिकाइ राख्न चाहानु हुन्छ भने जनताको समस्या माथी आँखा गाड्नु होस । जनताको गुनासाहरु सुन्नुहोस । त्यसपछी मात्र देशमा शासन व्यबस्था, शान्ती व्यवस्था, नीति, नियम र अनुशासन ले देशमा कोल्टो फेर्छ ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७७ बैशाख ३१

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP