२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

परदेशीले बन्दुक बोक्न नपरोस !

महेश नेपाल

कस्तो लाचार नेतृत्व कस्तो लाचार सरकार ! आज लाखौ नेपाली परदेशमा आँशुमा डुबेर गुहार मागीरहेका छन तर एक जना नेता बोल्दैन ती परदेशीलाई देश फर्काउन पर्छ भनेर। जस्ले जति पीडा पोखेपनी एउटै ओठे जवाफ सुनिन्छ “जहाँ छौ त्यही सुरक्षीत संग बस” । के तिमिहरुले सिकाईरहन पर्छ ? आफ्नु ज्यान बचाउन सक्दो सावधानी जस्लेनी अपनाउछनी। आज तिमिहरु मन्त्री क्वाटरमै सुरक्षीत छैनौ, तिमिहरु सिंहदरबारमै सुरक्षीत छैनौ भने परदेशीहरु अर्काको देशमा कसरी सुरक्षीत हुन सक्छन ?

तिमिहरुलाई अलिकती लाज लाग्दैन ? मान्छेले उसै गुहार माग्छ ? उसै रोईकराई गर्छ? आफुले सक्दो गर्दानी ज्यान जोगाउनै मुस्कील भएपछी मान्छेले रोईकराइ गर्ने हैन? आफुले धान्न सक्ने बेला सम्म आफ्नु ज्यान धान्ने र आफुलाई जिउँदो राख्ने हैन ? सबै उपाय सकिएपछी कसरी बाच्छ मान्छे ? आज हरेक परदेशी मरेतुल्य भएर बाँचेको छ। मान्छेले दु:ख पर्दा हो साथ खोज्ने, मान्छेलाई दु:ख पर्दा हो आफन्त र राज्यको साथ चाहिने । दु:ख पर्दा काम नलागेको आफन्त के आफन्त? दु:ख पर्दा काम नलागेको राज्य के राज्य ? हातमा नेपालको हरियो पासपोर्ट बोकेर शरणार्थी भन्दा नी तल्लो स्तरको जिन्दगी बिताईरहेका बिचल्लीमा परेका परदेशीलाई सोध्नुहोस देश भएर पनि देश बिहिन शरणार्थी जीवन बिताउनु पर्दाको पीडा कस्तो हुन्छ भनेर ।

बि.सं. २००७ साल भन्दा अगाडीदेखीको क्रान्ती, आन्दोलन, हतियार युद्ध के का लागि थियो ? जब जनताले अप्ठेरो पर्दा आफ्नु आमाको काख पाउदैन भने, आपतमा पर्दा आफ्नु देशको संरक्षण पाउदैन भने के काम यो परिवर्तन ? किन खोक्छौ जनताको शासन ब्यवस्था ल्यायौ भनेर ? कुन मुखले बोल्छौ यो जनताको बहुमतीय सरकार हो भनेर ? हिजो राणाहरुको शासन ब्यवस्था र शाहहरुको शासन ब्यवस्था भन्दा तिमिहरुको शासन ब्यवथामा के फरक छ ? बस ! जनताको रगत चुस्ने टाउका फेरिए, शासन ब्यवस्थाको नाम फेरिए त्यति हो । खै परीवर्तन ? खै जनताको मुहारमा खुसी ? राजतन्त्र, राणा शासन, प्रजातन्त्र, गणतन्त्र नाम फेरिए तर शासन ब्यवस्था फेरिएन । मान्छे फेरिए तर प्रबृत्ती फेरिएन । तन्त्र फेरिए तर तिमिहरुको लुट्ने मन्त्र फेरिएन ।

कहिले जातका कुरो गर्छौ, कहिले धर्मको कुरो गर्छौ, कहिले मधेश भन्छौ, कहिले पहाड भन्छौ, कहिले माओबादी भन्छौ, कहिले काँग्रेस भन्छौ, कहिले मधेशबादी भन्छौ, कहिले राजाबादी भन्छौ, कहिले कम्युनिस्ट भन्छौ । यी सब नाटक मञ्चन किन हुदैछ ? किन भन्दा लुट्न नपाएर । अरुले लुट्यो अब हामीलेनी लुट्न पर्छ भनेर सैयौ पार्टी खोल्छौ, अभियान्ता बन्छौ । तिमिहरुले कहिले जनताको ठाउँमा बसेर सोचेका छौ ढुङ्गाका मन भएका मान्छेका अनुहार परेका निर्दयी जिवहरु ?

तिमिहरुको मात्र हो देश ? तिमिहरुलाई मात्र छ बाँच्न पाउने अधिकार ? खुब जनताको शासन ब्यवस्था ल्याउन भनेर लडेको भन्या हैन ? बुझेका हौला बिद्रोह किन हुन्छ भनेर । यी सारा आपतमा परेका परदेशीहरुले बन्दुक बोक्न नपरोस । तिमिहरुका हरेक अखडामा बम बर्साउने दिन आउन सक्छ बेलैमा यी चीत्कार सुनियोस । अती भैसक्यो, धैर्यताको बाँध टुटीसक्यो । कैयौको सुत्केरी हुनेदिन नजिकिएको छ, कैयौको भिसा सकिएकोछ, कैयौको खल्ती रित्तिएको छ । न गर्नको लागि काम छ न खानको लागि दाम छ कसरी बाच्छन ती ?

रेमीटेन्स पठाउन्जेल डकारी डकारी हसुरेउ, आज आपत पर्दा आफ्नै आँसु पिएर निरिह भएर बाँचीरहेछन परदेशी । नेपालमा परिवार रुन्छन, परदेशमा परदेशी रुन्छन, तिमिहरु बिचमा बसेर रमीता हेरीरहेका छौ । यो नालायकीपनको पराकाष्ठा होकि हैन ? हरेक देशका नागरीकलाई लिन तिनका सरकारले दैनिक प्लेन पठाउछ परदेशीहरु टुलु टुलु हेर्दै आँखामा टिलपिल टिलपिल आँसु पार्छन । धिक्कार छ तिमिहरुको नालायकीपनलाई । बरु देशै नभएको भए मन बुझ्थ्यो होला । शरणार्थी बनिन्थ्यो होला, कसैन कसैले दया देखाउथ्यो होला र उसको देशमा लान्थ्यो होला । तर देश भएर पनि देशनै नभए जसरी मरेतुल्य भएर यसरी बाच्नु पर्दाको पीडा कुनै शब्दले ब्यक्त गर्न सक्ने औकात राख्दैनन। त्यति गर्हुङ्गो छ यो पीडा ।

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७७ बैशाख २५

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP