कैलालीमा कोरोना भाइरस संक्रमणको आशंकामा तीन जना लाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । भारत बाट आएका उनीहरू लाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागे पछि अस्पताल भर्ना गरिएको हो ।
कोरोना भाइरस संक्रमणको आशंकामा तीनै जना लाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा जगदीश जोशीले जानकारी दिए । उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा जोशीले जानकारी दिए । खकारको रिपोर्ट सोमबार आउने बताईएको छ ।
काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...