डोटीः प्रमख जिल्ला अधिकारी टेकनारायण पौडेलले कोरोनाको संक्रमणबाट सुरक्षित रहन पुर्व तयारी गरेको बताएका छन् । शिखर समाचार संगको कुराकानीमा उनले जिल्ला बासिलाई संक्रमणबाट जोगाउँन बिभिन्न पुर्व तयारी गरेको बताएका हुन् ।
संक्रमणबाट जोगाउँन जिल्लाको चार ठाउँमा हेल्प डेस्क राखेर ४ गतेबाट चेकजाँच तथा कारोना बारे जनचेतना जगाउँने कार्य भैरेको छ । जोरायल गाउँपालिकाको बुडर, आदर्श गाउँपालिकाको मौवा, दिपायल सिलगढी नगरपालिकाको पिपल्ला बसपार्क र जिल्ला अस्पतालमा हेलप डेस्क राखिएको छ । जिल्लाका सबै सरकारी सामुदायक तथा नीजि अस्पतालमा समेत आइसोलेशन कक्षको व्यवस्था गरिएको छ ।
तत्कालको अवस्थामा रोग निम्ति हालेको छैन प्रमुख जिल्ला अधिकारी पौडेलले भने,‘यात्रुलाई गाडीबाट झारेर लाइन लगायर चेक गरिहाल्नु पर्ने अवस्था देखेका छैनौ तर चेतनामुलक जानकारी दिने र समस्या देखियो भने त्यहिनिर परिक्षण गर्ने व्यवस्था भैसकेको छ । कसैमा त्यस्तो समस्या देखिए उपयुक्त ठाउँमा उपचारका लागि पठाउँने व्यवस्था भएको छ ।’
प्रमुख जिल्ला अधिकारी पौडेलले हेल्प डस्कका लागि आवस्यक सामग्री इकुमेण्ट समेत प्राप्त भैसकेको बताए । थर्मल गन लगायतका आवस्यक सामग्री हेल्प डेस्कमा उपलब्ध छन् । चेकजाँच तथा परामर्श दिने कार्य भैरहेको छ ।
उनले जिल्लामा दैनिक उपभोग्य खाद्यान्न लगायतको अभाव नहोस् भनेर जिल्ला विपद् व्यवस्थापन समतिले नियमित बजार अनुगमन गर्ने समेत बताए । उनले थपे,‘मुलुक अफ्ठेरोमा परेका बेला कालोबजारी तथा कृतिम अभाव सृजन गर्ने व्यावरिलाई कडा कावार्ही गरिने छ ।’ जिल्लामा मास्को अभाव नहोस् भन्नका लागि स्थानिय स्तरमै मास्क उत्पादन गर्न स्थानिय सरकार संग समन्वय गरिरहेका उनको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले केन्द्र, प्रेदेश सरकारको निर्देशन अनुरुप जिल्लामा २५ जना भन्दा बढी भेला नहुन, मेला महोत्सव, पार्टि भोज, सेमिनार नगरर्न समेत अनुरोध गरे ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...